![]()
हरियाणा । तन्त्र मन्त्रको नाममा महिलालाई नशालु पदार्थ खुवाएर बलात्कार गर्ने जलेबी बाबालाई अदालतले सजाय सुनाएको छैन । अब अदालतले बलात्कारी बाबालाई जनवरी ९ मा सजाय सुनाउने भएको छ । यस विषयमा शनिबार बहस नसकिदाँ दोषी बाबालाई सजाय हुन सकेको छैन ।
जलेबी बाबामाथि १२० महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनको आश्रमबाट ३० भन्दा बढी सेक्स सीडी पनि भेटिएको छ । जलेबी बाबाले महिलालाई अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने गर्दथे ।
यसरी खुल्यो पोल
जुलाई २०१८ मा फतेहाबाद जिल्ला टोहानामा एउटा भिडियो भाइरल भयो, जसमा बलात्कारी जलेबी बाबा उर्फ बिल्लुराम उर्फ अमरपुरी एक महिलासँग यौन क्रियाकलापमा लिप्त देखिन्थे। भिडियो भाइरल भएपछि टोहानाका जनताले बाबाको विरोध र प्रदर्शन गरेका थिए । त्यसपछि दबाबमा आएकाले टोहानाका तत्कालीन सिटी स्टेशन इन्चार्ज प्रदीप कुमारको उजुरीको आधारमा टोहाना प्रहरीले बाबाविरुद्ध जुलाई १९, २०१८ मा मुद्दा दर्ता ग¥यो र पक्राउ पनि गरेको थियो ।
कपालको डीएनए गरियो
पीडित पक्षका अधिवक्ता विजय कृष्ण रंगा र सञ्जय वर्माले अदालतको सुनुवाइका क्रममा अदालतमा प्रतिवादीले पेश गरेको सीडीमा बाबा अनुपस्थित भएको कुरा गरेको बताए । त्यसमा प्रहरीले सीडी र बाबाको आवाज लिएर अनुसन्धानका लागि एफएसएल पठाएको थियो । एफएसएलले अनुसन्धानपछि सीडीमा बाबाको आवाज मात्रै रहेको पुष्टि गरेको थियो ।
त्यसपछि प्रहरीले आरोपीविरुद्ध मुद्दा दायर गरेको थियो । उनको ओछ्यानमा भेटिएको कपाल र छाला तथा बाबाको कपाल र छालामा डीएनए गरिएको थियो, जुन मिलेको थियो । जसले बाबा यही ओछ्यानमा सुत्थेृ भन्ने प्रमाणित हुन्छ ।
३० वटा सेक्स सीडी बरामद
मुद्दा महिलासँग सम्बन्धित भएकाले यस मुद्दामा इन्स्पेक्टर विमलालाई अनुसन्धान अधिकृत बनाइएको थियो । प्रहरीले अनुसन्धानका क्रममा बाबाको आश्रमबाट ३० सेक्स सीडी बरामद गरेको थियो । प्रहरीसामु ठूलो समस्या यी महिलाहरूलाई अदालतमा ल्याएर बाबाविरुद्ध बयान दिनु थियो, तर सामाजिक डरले धेरै महिलाहरू अगाडि आएनन् ।
पछि एक नाबालिग केटी र छ जना महिलाले बयान दिए, जसले बाबालाई जेल जाने पृष्ठभूमि सिर्जना गर्यो । तर, हिसारकी एक महिला पनि थिइन् जसले बाबाको पक्षमा बयान दिएकी थिइन् । अरूले बाबाविरुद्ध बयान दिए ।
२०० पृष्ठको आरोपपत्र, २० साक्षीहरू
नोभेम्बर १, २०२० मा, प्रहरीले बाबाविरुद्ध अदालतमा २०० पृष्ठको आरोपपत्र दायर गरेको थियो । यस अवधिमा २० वटा बयान भएका थिए जसमा पीडित नाबालिग, महिला र प्रहरी अधिकारी र एफएसएल अधिकारीहरूको बयान पनि अदालतमा रेकर्ड गरिएको थियो ।
बलात्कारी जलेबी बाबा विरुद्ध फतेहाबादको सत्र अदालतमा मात्र नभई टोहाना अदालतमा पनि एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। बाबाको आश्रममा रहेको उनको कोठामा चेकजाँच गर्दा त्यहाँबाट अफिम बरामद भएको थियो, यस मामिलामा बाबाविरुद्ध टोहनामा एनडीपीएस ऐनको मुद्दा दर्ता भएको थियो ।
साभारः सौर्यअनलाइनबाट
