Loading

टीकापुर। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार रहेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमका गृहमन्त्री लामिछानेले सञ्चारमाध्यमहरुलाई यस कुराको जानकारी दिएका हुन् । उनले कोइरी पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका कोइरी नेकपा एमालेबाट निर्वाचित सांसद हुन् उनी कर्तव्य ज्यान मुद्दामा फरार छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सहभागी भएपछि र्गहमन्त्री लामिछानेको सञ्चारमाध्यममा र सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
सांसद कोइरीमाथि मधेस आन्दोलनका क्रममा २५ भदौ २०७२ का दिन महोत्तरीको जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाट बाहिर निकालेर आगो लगाई हत्या गरेको अभियोग लागेको छ ।

कर्तव्य ज्यानको मुद्दा लागेका कोइरीमाथि असई विकको हत्यामा संलग्न भएको आरोप छ । लामिछानेले विश्वासको मत दिने बेला कोइरी संसद् भवनमा उपस्थित भएको भन्ने सञ्चारमाध्यमबाट जानकारी पाएपछि आपूmलेआईजीलाई फोन गरेर तत्काल पक्राउ गर्न निर्देशन दिइसकेको बताए । लामिछानेले यस अघि नै प्रधानमन्त्री दाहालसँग आपूmले बिना दबाब काम गर्न पाउनुपर्ने माग गरेको बताएका थिए ।

राष्टिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आप्mनो काममा कसैले स्वार्थ राखी वा राजनीतिक हस्तक्षेप गरेमा आएमा सरकार तत्कालै छाड्ने समेत बताएका छन् । यस्तै सरकारलाई समर्थन गरेको र राप्रपाका अध्यक्ष राजेन्द्र लिंगनेनले पनि कुनैपनि स्वार्थ समूहको दबाबमा सरकार परेमा सरकारलाई दिएको समर्थ जतिबेला पनि फिर्ता लिने बताएका छन् । पछिल्लोपट यी दुवै दलहरुले पुराना दलहरुभन्दा फरक शैलीले काम गर्ने पनि अनुमान गरिएको छ ।