![]()
टीकापुर, १० फागुनर टीकापुरस्थित साथी अस्पतालको मंगलवार भएको चौथो साधारणसभाले जगदिश्वर पण्डितको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ ।
यसैगरी उक्त साधारणसभाले समितिको उपाध्यक्षमा पुष्पराज उपाध्याय, सचिवमा फिरुलाल चौधरी, र कोषाध्यक्षमा सीताराम रिमाल र सदस्यहरुमा श्यामराज पाण्डे, कल्पना खड्का र हंसराज जोशी चयन गरेको हो ।
आगामी २ वर्ष कार्यकाल रहने यस सञ्चालक समितिको यसअघि अध्यक्ष शंकरप्रशाद शर्मा रहनुभएको थियो । उहाँले दुई कार्यकाल अध्यक्ष भएर काम गर्नुभएको थियो । निवर्तमान अध्यक्ष शर्माको अध्यक्षतामा भएको साधारणसभामा स्वागत उपाध्यक्ष पुष्पराज उपाध्यायले गर्नुभएको थियो भने सञ्चालन सचिव सुरेन्द्रकिशोर गिरीले गर्नुभएको थियो ।
साधारणसभामा सञ्चालकहरु नवराज रावल, भुवनेश्वर अधिकारी, नाथुराम चौधरी, श्यामराज पाण्डे, टेकनारायण पौडेल, सुरेश रिमाल र निर्वाचन संयोजक डण्डपाणी पोख्रेलले विचार राख्नुभएको थियो । सेवा, रणनीति र समस्याका बारेमा अस्पतालका प्रबन्ध निर्देशक नगेन्द्र शाहीले जानकारी गराउनुभएको थियो । अस्पतालले फिजिसियन विशषेज्ञ डाक्टर सहित तीन जना विशषेज्ञ डाक्टरले सेवा दिइरहेको छ।
उक्त साधारणसभामा अस्पतालको स्तर उन्नती गर्ने र थप प्रभावकारी सेवा प्रदान गर्ने बारेमा छलफल भएको थियो । टीकापुर अस्पताल पछि निजीस्तरबाट सञ्चालित यस अस्पतालले लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ ।
