![]()
अमेरिकाको सर्वाधिक खोजीको सूचीमा रहेका अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकाले दाबी गरेको छ ।
अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका बीबीसीले जनाएको छ । विद्रोही विरुद्धको कारबाही अभियानलाई अमेरिकाले निरन्तरता दिने पनि उनले बताए ।
उनी अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाका मुख्य योजनाकार रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । अमेरिकी ट्वीन टावरमा भएको आक्रमणमा झन्डै ३ हजार जनाको ज्यान गएको थियो । इजिप्टका नागरिक जवाहिरी आतङ्कवादीको सूचीमा थिए ।
सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि जवाहिरी फरार थिए। उनी अलकायदा नामक उक्त जेहादी संगठनमा लादेनपछिका दोस्रो शक्तिशाली नेता भएको बताइएको छ ।
