Loading

हालै सम्पन्न पन्जाब विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप)ले तीन चौथाई सिट ल्याएको छ । अर्थात ४ भागमा ३ भागभन्दा बढी त मात्रै आम आदमीले जितेको छ । प्रदेशको कुल एक सय १७ सिट मध्ये आपले ९२ सिटका साथ ऐतिहासिक जित हासील गरेको छ । जहाँ सत्तासीन कांग्रेसले १८ सिटमा चित्त बुझाउनु पर्यो । यस्तै केन्द्रीय सरकारमा रहेको भारतको सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी मात्र २ सिटमा खुम्चिन पुग्यो । यस्तै पञ्जाबको मसिंहा ठान्ने दल अकाली शिरोमणि दल पनि केवल ३ सिटमा सिमित हुन पुग्योभने बहुजन समाजवादी पार्टी १ सिट र स्वतन्त्र १ जियी भए । अन्य दलहरु भने शुन्यमा सिमित रहन पुगे । यसअघि आम आदमी पार्टीको यो ऐतिहासिक जितको पछाडि केही कारणहरू यहाँ चर्चा गरिएको छ ।
पुरानो स्थिति
यसअघि सत्तासीन काँग्रेस पार्टीको ७७ सिट रहेको कांग्रेस ५९ सिट गुमाउँदै १८ मा सिमित रह्योभने यसअघि २० सिट रहेको आम आदमी पार्टी ७२ सिट बढाउँदै ९२ सिट जित्न सफल भयो । यस्तै १५ सिट जितेर तेस्रो दल भएको अकाली शिरोमण्ी दल १२ सिट गुमाउँदै ३ मा सिमित रह्योभने ३ सिट जितेको बिजेपी १ सिट गुमाउँदै २ मा सिमित रह्यो । मुख्यमन्त्री चरणजीत सिंह चन्नी दुई क्षेत्रबाट निर्वाचन लडेपनि दुवैक्षेत्रमा आम आदमी पार्टीका उम्मेदारसँग पराजित हुन पुगे । यस्तै पूर्व मुख्यमन्त्रीहरु क्याप्टेन अमरिन्दर सिंह, प्रकाश सिंह बादल पूर्व उपमुख्यमन्त्री सुखबिन्दर सिंह बादल पनि पराजित भएका छन् । आइ कांग्रेसका पञ्जाब इन्चार्ज रहेका पूर्व क्रिकेटर तथा पुर्वमन्त्री नवज्योत सिंह सिद्दु समेत नराम्ररी हार बेहोर्न पुगे । यतिबेला पञ्जावमा राजनीतिक हस्ती ठानिएकाहरु सबैजसो पराजित भएका छन् ।
प्रमुख विपक्षी दल हुनु
यसअघिको २०१७ को विधान सभा निर्वाचनमा आम आदमी पार्टीले पञ्जाबमा २० सिट जितेर प्रमुख प्रतिपक्षी दलको रुपमा रहन गएको थियो । यस अवधिमा उस्ले जनताका हरेक समस्यालाई सदन र सडकमा उठायो । केन्द्रीय सरकारले ल्याएको किसानसम्बधी बिधयेकमा किसान विरोधी भन्दै आन्दोलन चलाएपछि दिल्ली सरकारले विधयेकको विपक्षमा जाने निर्णय गरेको थियो । यस्तै पञ्जाबमा पनि सदनमा विपक्षीका हिसाबले आम आदमी पार्टीले यस विषयलाई राम्ररी उठायो र जनसर्मथन बटुल्न सक्यो । त्यतिमात्र होइन राकेश टिकैतले चलाएको किसान आन्दोलनलाई समर्थन गरेर पनि जन सर्मथन बटुल्न सफल हुनगयो ।
इमान्दार छविका उम्मेदार उठाइनु
ऋाम आदमी पार्टी एक आन्दोलनबाट जन्मिएको पार्टी भएकोले उस्ले दिल्लीपछि पञ्जाब र हरियाणालाई लक्ष्य बनाएको थियो । हरियाणाबाट प्रतिनिधित्व गर्ने वामपृष्ठभूमिका नेता योगन्द्र यादवले पार्टी छोडेसँगै केजरीवालको हरियाणा मिशन पुरा हुन सकेन तर पञ्जाब मिशन भने छँदै थियो । त्यसैले उनले आप्mनो पार्टीबाट उममेदार बन्नेहरु सामान्य जीवनशैली अपनाउने इमान्दार ब्यक्तिहरु न्ै पहिलो रोजाईमा राखे र त्यही प्रकारले उम्मेदारी दिए । स्थानीयस्तरमा राम्रो छबि भएका उम्मेदारहरु नै निर्वाचनमा भएकाले पनि आम आदमी पार्टीले यो ऐतिहासिक जीत हासील गरेको हो । दिल्लीजस्तै विपक्षीलाई समेत सानो संख्यामा समेटन सफल भएका आम आदमी पार्टीमा नेता र कार्यकर्ताहरु वीच पनि राम्रा् तालमेल रहेको छ । बीजेपीले परिवारवाद अन्त्यको नारा दिएजस्तै आम आदमी पार्टीले पनि स्वच्छ र इमान्दार छबि भएकाहरुलाई नै पार्टीको कार्यकर्ता तथा उम्मेदार बनाएकाले पनि यो सफलता उस्लाई मिलेको हो । बुद्धिजीवीहरुलाई गुलाम र ताली पिट्ने नभई उनीहरुको सल्लाह लिने र सबैप्रति सम्मान भाव राख्ने केजरीवालको चरित्रका कारण नै आम आदमी पार्टी आम मानिसहरुको मन जित्न सफल भएको हो ।
कुलत र किसानका मुद्धा प्रमुख बनाइनु
भारतमा पञ्जाब र हरियाणा मात्रै यस्ता राज्य हुन् जहाँ सबैभन्दा बढी युवायुवती ड्र्ग्सको कुलतमा फसेका छन् । किसानहरु प्नि चर्को ऋण लिने तर उत्पादन कम हुने गरेका कारण कैयौंले आत्महत्या गर्ने गरेका छन् । त्यसैमा गरिबी र अभावमा कुलतमा फस्दै गएका युवाहरुका लागि नयाँ कार्यक्रम ल्याउनु आवश्यक थियो । यसअघिका सरकारले युवा युवतीसम्बन्धी कुनै ठोस कार्यक्रम ल्याउन सकेनन् । आम आदमी पार्टीले युवा वर्गलाई कुलतबाट छुटाउन र किसानको हकहीत सम्बन्धी समाधान गर्ने वाचा सहितको ठोस मुद्धा बनाएर आएपछि आक्रान्त बनेका किसान तथा अभिभावकहरुले त्यसको निराकरणका लागि परिवर्तन चाहेका थिए । त्यसका कारण पनि आम आदमी पार्टीप्रति जन सर्मथन बढ्न गएको हो ।
मुख्यमन्त्रीको उम्मेदवार समयमै घोषित गर्नु
यसअघि २०१७ को विधानसभाको चुनावमा मुख्यमन्त्री पदको उम्मेदवारका बारेमा आम आदमी पार्टीले ठोस निर्णय लिन सकेको थिएन तर यसपटक ठोस निर्ण लिँदै भगवन्त सिंह मानलाई समयमै मुख्यमन्त्रीको उम्मेदार घोषित गरेको थियो । २०१७ मा पन्जाबमा आपका आधाजति उम्मेदवार अन्य पार्टी परित्याग गरेर आपमा सामेल भएका कारणले दिल्ली र पन्जावबीच द्वन्द्वको स्थिति थियो । विरोधीहरुले त अरबिन्द केजरीवाल नै पञ्जाबको मुख्यमन्त्री बन्ने भनेर हल्ला समेत चलाए जुन हल्लाले बहुमतको नजिक पुग्न लागेको आम आदमी पार्टी चुनावको मुखमा आएर मात्रै पछि परेको थियो । यसपटक भने आम आदमी पार्टीले भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर सन् २०२२ को सुरुवातदेखि नै पन्जाबमा आपबाट मुख्यमन्त्रीको उम्मेदवार को हुन्छ भन्ने विषयमा चलेको बहस साम्य गरेको थियो । जसका लागि उसले अन्तरपार्६ीमा जनमत लिएको थियो ।
मोदी विरोधी लहर
पञ्जावमा पहिले नवजोत सिंह सिद्दु आइृ काँग्रेसमा प्रवेश गरेसँगै विजेपीमाथि तिव्र प्रहार गर्न थालेका थिए । त्यसैमा पछिल्लोपटक केन्द्रीय सरकारले ल्याएको किसानसम्बन्धी विधयेक थियो । जुन विधयेक जनताको हीतमा भएपनि जनतालाई बुझाउन नसक्दा किसानमाफियाहरुले त्यसको फाइदा उठाउँदै मोदी विरोधी लहर तयार पारे । त्यही विधयेकका कारण पञ्जाबमा भारतीय जनता पार्टी जित्न सकेन । लामो समय शिरोमणि अकाली दलको साथ भएका कारण र बिजेपीलाई हिन्दूवादी पार्टी हो भन्ने बढी भ्रम फैलाइएको कारण सिख बाहल्यता रहेको पञ्जाबमा बिजेपीले जीत संख्या बढाउन सकेन ।
कांग्रेसको आन्तरिक कलह
आम आदमी पार्टीले लोकप्रियता कमाउँदै गर्दा पन्जाब कांग्रेसमा अस्थिरताको समाचारहरू आइरहेका थिए । कांग्रेसले क्याप्टेन अमरिन्दर सिंहलाई मुख्यमन्त्रीबाट हटायो र नवजोतसिंह सिद्धुलाई पन्जाबको इन्चार्ज बनायो । यो निर्णयलाई लिएर कांग्रेस नेताहरूको असन्तुष्टि सार्वजनिक भइरहेको थियो । परिणामस्वरूप कांग्रेसभित्र विभाजन भएको र चुनाव जितेको अवस्थामा पार्टीभित्रको कलहले सुशासनलाई अस्थिर बनाउँछ भन्ने बुझाइ आमजनतामा व्याप्त भयो । यसको प्रत्यक्ष फाइदा पनि आम आदमी पार्टीलाई नै हुन पुग्यो ।
दिल्लीबाट प्रभावित र परिवर्तनको लहर
आम आदमी पार्टीले आफ्नो अभियानमा सुरुवातदेखि नै पन्जाबमा २० वर्षदेखि जनताले अकाली शिरोमणि दल तथा बिजेपी गठबन्धन र कांग्रेसको शासन देखेको र यसपटक नयाँ पार्टीलाई भोट गर्नुपर्छ भन्ने लहर पैदा गराएको थियो । आफ्नो पार्टी सरकारमा आएपछि दिल्लीमा जस्तै सरकारले शिक्षा, स्वास्थ्य, रोजगारको ब्यवस्थापन गर्ने र दिल्ली मोडल पञ्जाबमा लागु गर्ने बताएको थियो । पानी निशुल्क, तीनसय युनिट बिजुली निःशुल्क, १८ वर्षमाथिका महिलालाई महिनाको हजार रुपैयाँ प्रदान गर्नेजस्ता संकल्प ग¥यो । अरबिन्द केजरीवालको यस कुरालाई पञ्जाबी जनताले विश्वास गरेका कारण नै यो सफलता हासील भएको हो । उनीहरुले दिल्लीको यथार्थतालाई नजिकैबाट नियालीरहेका थिए ।
प्रविधि र प्राविधिकको सहयोग
आम आदमी पार्टी एउटा आन्दोलनबाट जन्मेको पार्टी भएकाले यस पार्टीमा हरेक क्षमता भएका मानिसहरु छन् अझ विशेष गरी क्षमतावान युवाहरु नै छन् । यही शिलशिलामा पन्जाबमा आम आदमी पार्टीको विजयमा रणनीतिकार सन्दीप पाठकको पनि अहं भूमिका रहेको बताइएको छ । भारतमा प्रख्याति कमाएका राजनीतिक रणनीतिकार प्रशान्त किशोरसँग पनि काम गरिसकेका पाठक ‘आइआइटी’मा अभ्यस्त मानिस हुन् । पार्टीका अनुसार ‘हाइकमान्ड’को निर्णयलाई कार्यान्वयन गराउनमा पाठकको निकै ठूलो हात रहेको छ । २०१७ को विधानसभा चुनावमा आपको अभियान निकै राम्रो भएपनि अन्तमा चुनावी अभियान समाप्त हुनेवेलासम्म आइपुग्दा उक्त अभियान बिथोलिएको थियो । त्यसैकारणले पार्टीले अधिकांश सिटमा विजय हासिल गर्ने अनुमान गरिएपनि त्यो सफल हुन सकेको थिएन । तर, यसपटक भने पाठकको मेहनतले त्यो सम्भव भएको बताइन्छ ।
यसपटकको चुनावमा त्यस्तो अवस्था आउन नदिन पहिले नै पाठक नेतृत्वको पाँचजनाको टिम बनाइएको थियो । जुन टिम सामाजिक सञ्जालबाट टाढै बस्यो । तर त्यस टिमले पन्जाबलाई पाँचवटा क्षेत्रमा बाँड्दै र एक व्यक्तिलाई एक क्षेत्रको जिम्मेवारी दियो । हरेक क्षेत्रको बिस्तृत अध्ययन गरेर मात्रै उनीहरूले चुनावका लागि उपुयक्त र योग्य उम्मेदवार चयन गर्नमा पार्टीलाई सल्लाह दिए । त्यस सल्लहलाई पार्टीले आत्मसाथ गर्दा नसतजा सही निस्कियो । यिनै पाठकले यसअघि २०२० को दिल्ली विधानसभा चुनावमा पनि आम आपको चुनावी अभियान व्यवस्थापन गरेका थिए जसमा आम आदमी पार्टी पुनः विजयी भएर सरकार बनाउन सफल भएको थियो ।
धर्मगुरुहरुको साथ
आम आदमी पार्टीलाई दिल्लीमा सन्त निरंकारी मिशनका गुरुले साथ दिएको कुरा आजतक सँगको एक अन्र्तवार्तामा अरबिन्द केजरीवालले पहिल्यै बताएका थिए । त्यतिमात्र होइन उनलाई उनको चरित्र र आध्यात्मिक स्वभावका कारण दिल्ली र पञ्जाबका धर्म गुरुहरुले साथ दिएका छन् । यसपटक सिख धर्मावलम्बीका साथै विभिन्न गुरुद्वाराहरुले पनि इमान्दार चरित्रका केजरीवाल र भगवन्त मानकोे नाममा आम आदमी पार्टीलाई भोट दिलाएको बताइएको छ । त्यतिमात्र होइन उनको हिन्दू, मुश्लिम, सिख र इसाई सबैप्रति सम भावना भएकाले पनि कट्टरपन्थी मानिसहरु बाहेक सबैलाइृ उनी नै रोजाईमा पर्न गए । विभिन्न असल धर्मगुरुहरुका कारण पिन आम आदमी पार्टी दिल्लीमा जस्तै पञ्जाबमा जीत हासील गर्न सफल भएको हो ।