Loading

योगी आदित्यनाथको परिचय कुनै राजनीतिक नेताभन्दा पहिले गोरखपुरको प्रसिद्ध गोरखनाथ मन्दिरको महन्तको रूपमा हुन्छ । लगातार पाँचपल्ट(१९९८ देखि २०१४ सम्म) गोरखपुरबाट सांसद निर्वाचित भएपछि उनलाई १९ मार्च २०१७ मा उत्तर प्रदेशको २१ औं मुख्यमन्त्री बनाइएको थियो । योगी आदित्यनाथ गोरखनाथ मन्दिरका पूर्व महन्त अवैद्यनाथका उत्तराधिकारी हुन् । उनी हिन्दू युवाहरुका सामाजिक, सांस्कृतिक र राष्ट्रवादी समूह हिन्दू युवा वाहिनीका संस्थापक पनि हुन् । उनको छवि एक प्रखर राष्ट्ररवादी नेताको रूपमा रहि आएको छ ।

योगी आदित्यनाथको जन्म ६ जून १९७२ मा उत्तराखण्ड राज्यको पौड़ी गढ़वाल जिल्लाको यमकेश्वर तहसीलको पंचुर गाउँमा भएको थियो । उनी गढ़वाली क्षत्रिय परिवारका हुन् । उनका बुवा आनन्द सिंह बिष्ट हन् जो वन विभागमा रेंजर थिए । २० अप्रिल २०२० मा उनका बुवा पिता आनन्द सिंह बिष्टको मृत्यु भएको थियो । आफ्ना आमा बुवाका सात सन्तानहरुमा तीन दिदीहरु र एक दाजुपछि योगी पाँचौ नम्बरका हुन् । उनका दुईवटा भाइहरु पनि छन् ।

योगीले १९७७ मा टिहरी गढवाल गजाको स्थानीय विद्यालयमा आफ्नो औपचारिक पढ़ाई शुरू गरेका थिए । १९८७ मा यहाँबाट १० कक्षा उत्तिर्ण गरेका थिए । १९८९ मा ऋषिकेशबाट इंटर र १९९० मा स्नातकको पढाई गर्दाँगर्दै अखिल भारतीय विद्यार्थी परिषदसँग जोडिए । १९९२ मा गणितमा बीएससी पुरा गरे । राम मंदिर आंदोलनको प्रभावले उनलाईं राजनीतितिर तान्यो ।

१२ सितम्बर २०१४ मा गोरखनाथ मंदिरका पूर्व महन्त अवैद्यनाथको निधनपछि उनलाई यहाँको महन्त बनाइयो । २ दिनपछि उनलाई नाथ पन्थको पारम्पारिक अनुष्ठानका अनुसार मन्दिरको पीठाधीश्वर बनाइयो । १९९८ मा योगी आदित्यनाथ गोरखपुरबाट भाजपा प्रत्याशीका रुपमा चुनाव लड़े र विजयी भए । त्यतिबेला उनको उमेर मात्र २६ वर्षको थियो । अप्रिल २००२ मा उनले हिन्दू युवा वाहिनी बनाएका थिए । २०१७ को उत्तर प्रदेशको विधान सभाको निर्वाचनमा भाजपालाई प्रचण्ड बहुमत मिलेपछि त योगीलाई मुख्यमंत्री पद सुम्पिएको थियो ।

हाल ५ वर्षपछि भएको उत्तर प्रदेश विधान सभाको निर्वाचनमा पुनः गोगीको नेतृत्वमा भारतीय जनता पार्टीले ४०५ मा २७३ सिट ल्याएर सबैलाई चकित बनाएपछि उनी बिजेपीको तर्फबाट सफल मुख्यमन्त्री बनेर दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्ने भएका छन् । मोदीपछि भारतको प्रधानमन्त्रीका लागि उनी सबैभन्दा योग्य पात्रको रुपमा आफ्नो छवि बनाउन र काम गर्न सफल भएका छन् । उनको नेतृत्वमा उत्तरप्रदेशमा गुण्डाराजको अन्त्य भएको छ । त्यसैले उनी जनतामाझ लोकप्रिय बनेका हुन् ।