![]()

कोविड १९ का कारण विगत दुईवर्षदेखि अवरुद्ध भएको टीकापुरको होरी पर्व आजबाट शुरु भएको छ ।
टीकापुर साँस्कृतिक समाजको आयोजनामा हरेक वर्ष हुँदै आइरहेको होरी पर्व विगत दुईवर्षदेखि अवरुद्ध हुँदै आएको थियो । अघिल्ला वर्षझैं यस वर्षपनि टीकापुरस्थित खुलामञ्चमा बिहीबारबाट औपचारिक रुपमा होरी पर्व शुरु भएको हो ।
अरुभन्दा भिन्न न्याउल्या शैलीमा खेलिने यस होरीपर्वलाई आगामी होली पूर्णिीमासम्म खेलिने स्थानीय रामचन्द्र कट्टेलले बताएका छन् । उनले राजनीतिज्ञभन्दा पनि यसवर्ष टीकापुर साँस्कृतिक समाजका संस्थापक अध्यक्ष पदमबहादुर रावलबाट उद्घाटन गरिएको बताए ।
यस्तै यसपटक अमेरिकाको लामो बसाईपछि टीकापुर आएका टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल पनि होरी पर्व शुरु भएपछि निकै उत्साहित बनेका छन् । उनले आफ्नो अमेरिका बसाईसँगै होली पनि कोविडका कारण अवरुद्ध भएको बताए ।

टीकापुरमा अछामी समुदायद्वारा खेलिने गरेको भएपनि अहिले सबै समुदायका मानिसहरु सिक्दै खेल्ने गरेका छन् । होरी खुट्टाको पैतलाको स्टेप अनुसार लयवद्ध रुपमा खेलिने गरेको छ । यस्को आफ्नै साँस्कृतिक महत्व भएकाले देशका विभिन्न स्थानबाट होरी हेर्न र खेल्नका लागि यहाँ मानिसहरु आउने गरेका छन् ।
त्यसो त टीकापुर क्षेत्रको सबैभन्दा प्रमुख चाँड पनि होरी नै हो । होरी सामँन्यतया होली पूर्णीमा सम्म खेएिपनि टीकापुरमा प्रतिपदासम्म खेलिन्छ । त्यसको भोलिपल्ट न्याल्या खेल समेत खेलिदै आएको छ ।
