![]()
कैनबरा, (समाचार एजेन्सी)। प्रदर्शनकारीहरूले अस्ट्रेलियाको पुरानो संसद भवनमा आगो लगाएका छन् ।
क्यानबेरास्थित पुरानो संसद भवनमा आदिवासीको सार्वभौम अधिकारका लागि गरिएको प्रदर्शनका प्रदर्शनकारीहरूले आगो लगाएका हुन् । पुरानो संसदभवनको गेटमा लगाइएको आगो निभाइएकोले आगोबाट कोही घाइते नभएकोे प्रहरीले जनाएको छ । विगत पन्ध्रदिन देखि प्रदर्शनका गतिविधि भइआएका थिए ।
यस किसिमको उग्र प्रदर्शन अस्ट्रेलियामा पहिलोपटक कोरोना अवधिमा देखिएको हो । बिहीबार त्यहाँ कार्यरत कामदारलाई निकालेर प्रदर्शनकारीले आगो लगाए । २० डिसेम्बरका दिन आदिवासी प्रदर्शनकारीहरूले अस्ट्रेलिया लोतन्त्रकको संग्रहालय भवन अगाडि धर्ना दिएपछि त्यसलाई बन्द गरिएको थियो ।
सन् १९९९ मा संसद भवन नयाँ भवनमा सरेदेखि यसलाई संग्रहालय बनाइएको थियो । यो संग्रहालयलाई राष्ट्रिय सम्पदामा सूचीकृत गरिएको थियो ।
