Loading

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी‘’ सार्वजनिक भएको छ ।

योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राखेका थिए ।