![]()
काठमाडाैं । साहस उर्जा कम्पनी लिमिटेडले आजदेखि अर्थात शुक्रबारदेखि आयोजना प्रभावित बासिन्दाका लागि सर्वसाधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो।
सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
