![]()
काठमाडौं । सञ्चारकर्मी तथा गीतकार डब्बु क्षत्रीले झरीसम्बन्धी नयाँ गीत ‘असारै मास’ ल्याएका छन् ।
गीतमा गायक अलिफ खान र गायिका सरिता भारतीको आवाज रहेको छ । संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको गीतलाई मनोज परियारले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । ७ वर्षअघि झरीसम्बन्धी गीति संग्रह ल्याएका गीतकार क्षत्रीको यो नयाँ शृंखला हो ।
भिडियोमा अभिनेता प्रदीप बास्तोला र गायिका सरिताको अभिनय छ । लोकभाकामा अधारित यस गीतको भिडियो निर्देशन गीतकार क्षत्रीले नै गरेका छन् । दर्शकबाट गीतको भिडियोलाई रुचाइएको प्रतिक्रिया आएको प्रदीपले बताए । यसअघि वर्षात् ऋतु तथा झरीसम्बन्धी ७ वटा गीत ल्याइसकेका क्षत्रीको यो आठौं झरी गीत हो ।
क्षत्रीले अर्को पनि झरी गीत तयार रहेको जानकारी दिए । गीतको भिडियोमा नृत्य निर्देशक सुवास बुढाथोकीले कोरियोग्राफी रहेको छ । टंक केसीको छायांकन रहेको गीतको भिडियो सम्पादन सुरेशकुमार राउतले गरेका हुन् ।
