![]()
रामबाबु मेहता
बारा / हाल दुबईमा चलिरहेको इन्डियन प्रिििमयम लिग २०२० खेलमा कलैयास्थित बजारमा सट्टाबाजी खेल्दै गरेका अवस्थामा प्रहरीले मंगलवार राति २ बजे स्थानीय तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगर पालिका वडा नं १ राजदेवी टोल बस्ने वर्ष २५ को राजु कुमार यादव सोही ठाउँ बस्ने वर्ष २७ को दिपककुमार सरार्फ र मोतिबाग टोल बस्ने वर्ष २९ को रबि दास रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार केही ब्यक्तिले खेल खेल्दैछन भन्ने सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य रूपमा बुझ्दै जाँदा कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी टोलस्थित राजुकुमार यादवको घरमाबाट उनीहरुलाई पक्राऊ गरेको हो ।
किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिम बिच भइरहेको खेलमा साट्टाबाजी खेलिरहेको सूचना पाएर घरमा प्रवेश गर्दा सट्टाबाजी खेलिरहेको एकिन भएपछि धरधनि राजुकुमार यादव, सर्राफ र दासलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुको शरीर तथा घरकोठाको तलासी लिने क्रममा कोठाबाट सट्टाबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक, एकलाख सतहतर हजार पचास रूपैयाँ नगद र मोबाइल थान २ फेला परेको प्रहरीले जनाएको छ।
सट्टाबाजी खेल्ने तीनैलाई पक्राउ गरी उनीहरु उपर सट्टाबाजी मुद्दा अन्तर्गत बारा जिल्ला अदालतमा मुद्दा लगाइएको छ । आजै अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जनाए ।
