![]()
काठमाडौ, ४ कात्तिक ।बोलिभियामा पूर्व राष्ट्रपति इभो मोराल्सका पार्टी नेता राष्ट्रपतिमा जिते पछि उनले देश फर्किने चाहना व्यक्त गरेका छन ।
गतवर्ष चुनावमा गडबडी गरेको भनेर भएको राजनीतिक आन्दोलनको क्रममा राजीनामा दिन बाध्य भएका मोराल्सलाई निर्वासनमा जानु परेको थियो । समाजवादका लागि आन्दोलन(मास) पार्टीले चुनाव जित्ने बलियो सम्भावना विभिन्न सर्वेक्षणहरूले जनाउँदै आएको थियो ।
पहिलो चरणको मतदानबाट राष्ट्रपतिका उम्मेदवार लुइस आर्सले ५२ प्रतिशत मत ल्याएर चुनाव जितेका हुन । उनका प्रतिस्पर्धी कार्लोस मेसाले ३१ प्रतिशत मत प्राप्त गरेका छन ।
पहिलो चरणबाटै चुनाव जितेका लुइस आर्सले गत वर्ष समाजवादी शासन व्यवस्था विरूद्ध भएको सत्ता पलट जनताको मतदानबाट पराजित भएको देखाएको छ ।
औपचारिक परिणाम आउन अघि नै आन्दोलनबाट अन्तरिम राष्ट्रपति बनेकी जिनाइन एन्डेसले पनि समाजवादका लागि आन्दोलन पार्टीका(मास) उम्मेदवारहरू अग्रता प्राप्त गर्ने जनाउँदै आर्सलाई बधाइ दिएकी थिइन ।
१४ वर्ष बोलिभियाको सत्तामा रहेका मोराल्सलाई निर्वासनमा जान बाध्य पारिएको थियो ।
मोराल्सले पहिले निर्वासनको क्रममा मेक्सिको र त्यसपछि अर्जेनिटना पुगेका थिए । मोराल्स सरकारमा लामो समय अर्थतन्त्रीको कार्यभार सम्हालेका ५७ वर्षीय लुइस आर्सले राष्ट्रपतिको चुनाव जितेपछि निर्वासनमा रहेका मोराल्सले देश फर्किन चाहेको बताएका छन ।
