![]()
विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकरण हुने भएका छन् । मंगलवार दुबै पार्टीका केन्द्रीय समितिमा एकताका लागि तयार पारिएको प्रतिवेदन प्रस्तुत भएका छन् ।
दुई पार्टी एकीकरणका लागि बनेका राजनीतिक संवाद समितिले २९ असोजमा वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा साझा संयोजक रवीन्द्र मिश्र र विवेकशील अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो । ती प्रतिवेदन पास भई विधानमा तोकिएको प्रक्रिया पूरा भएपछि दुई पार्टी एक हुने ती पार्टीले जनाएका छन् ।
सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा दुई पार्टी मिल्नुपर्ने निष्कर्षमा पुगेको संवाद समिति संयोजकद्वय समीक्षा बास्कोटा र निर्देश सिलवालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विगतका कमजोरीलाई स्विकार्दै जनभावनाको कदर गर्न भन्दै ३१ असारदेखि एकीकरण वार्ता भईरहेको थियो ।
