एमाले विभाजित होइन चोइटो उछिट्टिएको हो : ओली
![]()
काठमाडौं, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभइ चोइटो उछिट्टिएको बताएका छन् ।
एमाले विभाजित भएको भोलिपल्ट प्रतिक्रिया दिँदै ओलीले भने, ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो उछिट्टिएको हो।’ न्यूज एजेन्सीसँगको कुराकानीमा ओलीले वरिष्ठ नेता माधव नेपालले नेकपा एमाले (समाजवादी) दर्ता गर्नु उनकै विवेकको कुरा नभएको बताए । यस्तै ओलीले बाह्य शक्तिले एमाले फुटाएको उल्लेख गरे।
उनले भने, ‘एउटा चुम्बकका दुई पोल एक ठाउँ आउँदैनन्। यहाँ त्यस्तो पोलहरु एकै ठाउँ ल्याइएको छ। बढी बलवान शक्ति भए त्यहाँ ल्याउँछ। बलका अघि कुनै बन्धनको केही …

‘एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार’
![]()
काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
प्रचण्डका अनुसार सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । बिहीबार विहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नु हुन्न भन्नेमा पुगेका छौं ।’

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय
![]()
काठमाडौं । सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालनिकट हुन्। शर्मा लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए ।
नेपालले नयाँ पार्टी दर्ता गर्न बुधबार आयोगमा निवेदन दिएका थिए । उक्त पार्टी दर्ता भने भइसकेको छैन। अध्यादेश आएपछि एमाले विभाजनको प्रक्रिया सुरू भएसँगै नेपाल समूहका व्यक्तिलाई सरकारले राजनीतिक नियुक्तिमा स्थान दिएको हो । …

पहिलो महिला मुख्यमन्त्री शाक्यले लिइन् शपथ
![]()
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छिन् । उनले बुधबार अबेर बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएकी हुन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेका हुन् । पौडेलले दलको नेताबाट राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी थिइन् । बहुमत प्राप्त दलको नेता शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा …

‘कम्युनिष्ट आन्दोलनको विसर्जन रोक्न वैधानिक विद्रोह’
![]()
काठमाडौं । नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति कठोर कदम चाल्नुपरेको बताएका छन् ।
नेकपा एमाले पुनर्गठन र रुपान्तरणको सिलसिलामा वैधानिक विद्रोह गरी नयाँ पार्टी जन्माएको उनको भनाइ छ । एमाले समाजवादी पार्टी दर्तापछि जारी गरेको विज्ञप्तिमा नेपालले अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापका कारण पार्टी विभाजन निम्तिएको आरोप लगाएका छन् । नेपालले विज्ञप्तिमा भनेका छन्, ‘२०७८ साल भदौ १ गते उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानूनी रुपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि वाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था …

एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गरेसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिए । नेकपा एमाले (समाजवादी) मा साविक नेकपा एमालेका सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३१ सांसद र ५८ केन्द्रीय सदस्य रहेको नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
उक्त दलले माधव नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव …

एमाले समाजवादीको केन्द्रीय समितिमा को-को छन् ?
![]()
काठमाडौं, २ भदौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।
नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । एमालेमा केपी ओलीले गरेको व्यवहार, दुईदुई पटक संसद भंग गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज …