Loading

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्य नयाँ नेता चुनिएकी छन् ।
बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी हुन् । एमाले स्रोतका अनुसार अब उनी बागमती प्रदेशको मुख्यमन्त्री बन्नेछिन् । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन् । नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन् ।

हेटौँडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सांसद अरुण नेपालले बताए। ‘अष्टलक्ष्मी शाक्य संसदीय दलको नेतामा चयन हुनुभयो। अब यसलाई औपचारिकता दिन मात्रै बाँकी छ,’ नेपालले भने।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै राजीनामा दिने तयारी गरेका छन्। माधव नेपाल पक्षमा रहेकी शाक्यलाई मुख्यमन्त्री बनाउने तयारीका साथ पौडेलले राजीनामा दिन लागेका हुन्। शाक्यले विभाजनको अन्तिम समयमा धार परिवर्तन गरेपछि बागमतीमा नयाँ राजनीतिक घटनाक्रम विकास हुन लागेको हो।