![]()
सम्पादकीय
यतिबेला भर्खरै बडादशैँ सकिएको छ । वर्षाले गर्दा आएको बाढी र पहिरोका कारण अधिकांश नेपालीहरुको दशैँ दशामा परिणत भएको छ । कतिपयका घर डुबानमा परे भने कतिपयका खेतमा रहेका धान, कोदो, मकै लगायतका खाद्यान्न बाली पूर्ण र आशिंक रुपमा नष्ट भएको छ । अन्नबाली भित्र्याएर अन्नका भकारी बनाउने धेरैका सपना अधुरै रहन गएका छन् । यस्तै दुर्दशाका वीच नेपालीहरुको दोस्रो चाड पनि नजिकिदै गएको छ । अन्नबाली भित्र्याएर मनाइने चाड तिहार पनि ओझेलमा पर्ने भएको छ । त्यसैले आउने तिहारमा पनि त्यति रौनकता होला जस्तो देखिदैन ।
यतिमात्र होइन नेपालीहरुका पीडा कम्ती छैनन् । वर्षा, बाढी, डुबान र पहिराकेका कारण क्षत विक्षत भएका सडक पनि कतिपय ठाउँमा बन्ने सम्भावना देखिदैनन् । पहाडी जिल्लहरुमा सडक बन्न नसक्ने निश्चित प्राय भएको छ । दशैँ जेजस्तो भएपनि यसवर्ष राम्ररी तिहार मनाउने सोच बनाएकाहरुको सपना पनि अधुरै रहने देखिएको छ । यतिमात्र होइन कोरोना महामारीबाट थलिएको देश र जनता फेरि माथि उकास्न नमिल्दै बाढी पहिरो र डुबानका साथै डेंगुबाट ग्रस्त बनेको छ । तर यी सबै समस्यामा राज्य के कति सक्रियरुपमा समाधानका लागि लागे भन्ने हो ।
यस्तै कथा ब्यथा बेहोरिरहेका नेपालीहरुको सामु अर्को महत्वपूर्ण चाड पनि आएको छ त्यो हो राजनीतिक चाड । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आइरहेको छ । सम्पूर्ण नेपाली जनताले आपूmले रोजेको प्रतिनिधिलाई छनौट गर्ने छन् । तर यस्ता प्रतिनिधि छनौट गर्दा ध्यान दिन जरुरी भने अवश्य छ । जस्ले समाजको हीतभन्दा आप्mनो ब्यक्तिगत हीतमा बढी ध्यान दिएको छ त्यसलाई नै चयन गर्न आवश्यक छैन । जस्ले जनताको नाममा र विकास निर्माणका नाममा, विभिन्न योजना पारेको नाममा, विभिन्न प्रपोजल र गुरुयोजना निर्माणका नाममा लाखौँ रुपैयाँ कमिशन असुलेकाहरु जनता र समाज विकासका बाधक हुन् । त्यस्तालाई चयन गर्नु भनेको फेरि पनि समाजलाई पछि पार्नु हो । त्यसैले आगामी निर्वाचनमा देश र समाज बनाउनेलाई नै रोजौँ र विजयी गराऔँ ।
