![]()
डीपी दर्शन
जतिबेला नेपालको राजतन्त्र विरुद्ध आन्दोलन हुँदै थिए त्यतिबेला लाग्थ्यो कि दलहरुको हातमा शासन सत्ता आएपछि जनताको हातमा आए सरह हो । त्यसपछि त आप्नो गाउँ समाज र देशको विकासका लागि आफै लाग्नुपर्छ । नेताहरुका मोहनी लगाउने खालका जादूमयी प्रशिक्षण र धुर्तप्रकारका आश्वासनले गर्दा सोझा सिधा नेपाली जनतालाई उत्साहित बनायो । नेपाली जनताले छातिमा बन्दुकका गाली खाएर भएपनि पटक पटक आन्दोलन गरिरह्यो । फलतः २०४६ साल चैत्र २४ गते आन्दोलन सफल भएपछि २०१७ सालमा गुमेको प्रजातन्त्र पुर्नस्थापना भयो । जनतामा निकै आशा जाग्यो ।
तर त्यसकोतीन वर्ष नपुग्दै तत्कालीन नेकपा माओवादीले त्यसभन्दा मिठा नारा र नेपाललाई स्वीटजरल्याण्ड बनाइदिने खालका नारा जनतामा छर्यो । जनताद र शासकहरुलाइृ कामका आधारमा मात्र छुट्याउन सकिने उनीहरुको आवास,रहनसहन, खानपिनका आधारमा छुटयाउन नसकिने प्रकारको साम्यवाद र समाजवाद ल्याउने भन्दै जनताका घरमा भाँडा माभ्mनेदेखि लिएर गाइभैसी दुहुने र खेत खनजोत तथा बाली भित्र्याउनमा सहयोग समेत गरेपनि उसप्रति मोहित भएका जनताले सुाथ दिए । उनीहरुले चलाएको जनयुद्धलाई साथ दिए र राज्इसँग कडा टक्कर दिनसम्म पुगे । रँजयलाइृ पनि यस्तो स्थितिमा ल्याइ पुर्याएकि न जित नहार को स्थितिमा । यस वीचमा करिब १७ हजार नेपाली जनताका निम्न तथा मध्यम वर्गाीय सपुतहरुले ज्यान गुमाए । कति अंगभंग भए, कति बेपत्ता पारिए । अन्ततः संसदवादी दलहरुसँगको सहकार्यमा मात्रै २०६२/०६३ को जनआन्दोलनबाट पुनःसंवैधानिक राजतन्त्रको अन्त्य गरे । फेरि जनताले दलहरुमाथि निकै आश गरे ।
तर पछिल्लोपटक पार्टीको नीति सिद्धान्त, लक्ष्य योजना सबैकुरको तिलाञ्जली दिएर जब दलका नेताहरु केवल परिवारवाद, वंशवाद, आफन्तवाद, नातावादमा मात्र पार्टीलाई सिमित राख्न थाले त्यसैले जनतामा निकै नैरास्यता आउन थालेको छ । यस्तै कारणले नजिकैको छिमेकी देश श्रीलंकामा आज सत्तासीनहरुको भागाभाग भएको छ देश आर्थिक अवस्थामा निकै नाजुक भएको छ । ठीक त्यस्तै अवस्था नेपालको नआउला भन्न सकिदैन । जबसमम राम्रा नभई हाम्रा चुनौं भनने परिपाटी भइरहन्छ तबसम्म देश बन्छ र बनामउँछन् भन्ने कुरा केवल स्वर्गको फल आँखा तरी मर समान मात्रै हुनेछ । जनताका समस्या जस्ताका तस्तै हुनेछन् नेताको वर्ग, चरित्र र हैसयित मात्र परिवर्तन हुनेछ । राणा शासन होस् वा पञ्चायत वा संवैधानिक राजन्त्र यस्ता सयौं राजाहरु जन्माउन अवश्य पनि फालिएको होइन समयमै सचेत हौं भ्रष्ट माफिया र दलालहरुलाई आगामी निर्वाचनमा परास्त गरी उर्जावान नेक इमान्दार छवि भएकाहरुलाई मात्र जिताऔं ।
