![]()
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको आयोजनामा सोमबार टिकापुरमा विदाई तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
कलेजबाट स्नातक तहमा आठौं सेमेस्टरको परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरिएको हो ।
कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा प्नमुख अतिथि मदन भुल, अन्य अतिथिहरु केन्द्रीय सचिवालय सदस्य पदम काफ्ले, सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष दीपक डिसी, प्रमुख सचिव डम्मर भट्टराई, विद्यार्थी टिकापुर नगर फ्याक्स इन्चार्ज बीरेन्द्र खड्का, प्राकृतिक कलेज इकाइ समितिका पुर्व अध्यक्ष अर्पण भुसाल लगायतले विदाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
इकाई अध्यक्ष दिक्पाल धौरालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य किरण सापकोटा र सञ्चालन इकाइ समिति सचिव पुष्पराज उपाध्यायले गरेका थिए।
