![]()
काठमाडौं । भारतले परमाणु क्षमताको ब्लास्टि क्षेप्यास्त्रको नयाँ पुस्ताको परीक्षण गरेको छ । भूमिमा आधारित यो हतियार प्रणालीको विकास गरिएको छ ।
भारतको पूर्वीप्रान्त उडिसाको सामुद्रिक किनारमा अग्नि प्राइम नामले चिनिएको अग्नि पीको परीक्षण गरिएको हो । भारतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उच्चस्तरीय परिपक्कवताका साथ यो मिसनका सबै उद्देश्य पूरा हुने गरीयो परीक्षण सफल भएको उल्लेख गरिएको छ ।
यो क्षेप्यास्त्रको मारहान्ने क्षमता एक हजार किलोमिटर देखि दुई हजार किलोमिटर सम्मका लक्ष्यलाई मारहानी खसाउने सक्ने रहेको छ । यसको पहिलो परीक्षण जुनमा गरिएको थियो । भारतीय मिडियाहरूले जनाए अनुसार अग्नि पीलाई रेल वा सडक वाहनबाट प्रक्षेपण गर्न सकिने छ ।
