![]()
काठमाण्डौ /नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा भएको खुला केन्द्रीय सदस्यतर्फको मत गणना जारी छ । शनिबार दिउँसो १२ बजेदेखि सुरू भइ राति ११ बजेसम्म २३९३ मत गणना सकिएको छ । खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
हालसम्म भएको गण्मनामा डा. शशांक कोइराला पहिलो स्थानमा छने भने दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक रहेका छन् । पछिल्लो मत परिणाम अनुसार केन्द्रीय सदस्यमा पार्टी सभापति सभापति शेरबहादुर देउवापक्षकै बाहुल्य छ ।
मतगणनामा शीर्षस्थानमा रहेका ३५ सदस्यका प्रत्यासीहरुमा डा. शशांक कोइराला –१९७१, एनपी साउद–१५३८, बालकृष्ण खाँण –१५०७, रमेश लेखक–१४५१, उदय शमशेर राणा–१४४५, शंकर भण्डारी–१४३७, ज्ञानेन्द्रबहादुर कार्की–१४२३, रामहरि खतिवडा–१३९५, अर्जुननरसिंह केसी– १३८३, गोपालमान श्रेष्ठ–१३२३, जिप छिरिङ्ग लामा–१३१२, जीतजङ्ग बस्नेत–१२८३, नैनसिंह महर–१२८३, डा. रामशरण महत–१२८१, गोविन्द भट्टराई–१२७७, सुनिलबहादुर थापा–१२४६, बल बहादुर केसी–१२३३, दिलेन्द्र प्रसाद बडू–१२३१ रहेका छन् ।
यसैगरी मोहनबहादुर बस्नेत–१२०२, दीपक गिरी–११७४, सुरेन्द्रराज पाण्डे–११५१, कुन्दनराज काफ्ले–११४३, पद्मनारायण चौधरी–११३७, गुरु बराल–१०३६, सञ्जयकुमार गौतम–१००१, गोविन्द राज पोखरेल–९६२, गोपाल दहित–९३१, राजीव ढुंगाना–९३५, कृष्णकिशोर घिमिरे– ९२९, दिनेश कोइराला–९२५, वीरेन्द्रकुमार कनौडिया–९१९, इ. मोहन आचार्य–९१३, अजयबाबु शिवाकोटी–९०९, मदनबहादुर अमात्य–९०८ र उमेशजंग रायमाझी–८९१ रहेका छन् ।
