Loading

काठमाडौं, १ भदौ। प्रदेश २ प्रमुख राजेश झा पदमुक्त भएका छन् । त्यस्तै हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि ओली सरकारले प्रदेश प्रमुख तिलक परियारलाई हटाई राजेश झा लाई नियुक्त गरेको थियो । ओलीको बर्हिगमनसँगै प्रदेश प्रमुख झा पनि हटाउने तयारी देउवा सरकारले गरिरहेको थियो ।

राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ खण्ड ‘ख’  बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।