Loading

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । 

निगमले डिजेल, पेट्रोल, मट्टीतेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर  दुईका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टीतेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर  ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा  छ । अर्धमासिक रुपमा करिब  ८६ करोड ७८ लाख घाटा नै रहने छ । यसअघिसमेत निगमले इन्धनको मूल्य बढाएको थियो । समायोजन गरिएको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।