Loading

कान्छी श्रीमतीलाई पनि कैद, दुवैलाई १० हजार जरिवाना

सल्यान : बहु विवाहको अरोपमा पक्राउ परेका सल्यान बनगाड कुपिण्डे नगरपालिका–९का वडाध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैदको फैसला सुनाएको छ। कैदसँगै उनलाई थप १० हजार जरिवानाको फैसला गरेको छ।

जिल्ला अदालत सल्यानका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग बहुविवाह गरेकी ४८ वर्षीया ग्वाँमी विष्ट कुमाईलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो।

घरमा दुइ पत्नी र दुवै पत्नीका तर्फबाट ४ वटा छोराछोरी हुँदाहुँदै वडाध्यक्षले स्थानीय महिलालाई मंसिर ३ गते भगाएर सम्पर्कविहीन भएका थिए। लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले दुवैलाई मंसिर १९ गते जयतपानीबाट पक्राउ गरेको थियो। यस अघिनै वडाध्यक्ष कुमाईले आफूले तेस्रो बिहे गरेको स्वीकार गरेका थिए।