Loading

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

निर्धारित समय १/१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे । सुरुमा पेनाल्टी प्रहार गरेको नेपालले चारवटै बलमा गोल गरेका थिए भने भारतका तीन खेलाडीले प्रहार गर्दा १ गोल नेपाली गोलरक्षकले रोकोकी थिइन् ।

यसअघि निर्धारित ९० मिनेटमा खेल १/१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता लिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले लगत्तै गोल गरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । तनावका कारण खेल लामो समयसम्म खेल रोकिएको थियो । सोही विषयलाई लिएर विवाद भएपछि १ घण्टासम्म खेल रोकिएको थियो ।

त्यसपछि शुरु भएको खेलको शूरुमै नेपालकी सावित्रा भण्डारीले एक गोल गर्दै खेल बराबरीमा पुर्याएकी थिइन् । यसअघि फरवार्ड रेखा पौडेललाई रातो कार्ड दिइएपछि उनी खेलबाट बाहिरएकी थिइन् । १० जना खेलाडीमा नेपालले खेल खेल्दै आएको थियो । यो जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

भोलि बंगलादेशसँग नेपालको फाइनल हुनेछ । अघिल्ले सस्करणमा पनि नेपाल र बंगलादेश नै फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।