Loading

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप–२०२४ को पहिलो समीफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बङ्गलादेशकी तोहुरा खातुनको ह्याट्रिकसँगै भुटान बंगलादेशसँग फराकिलो अन्तरले लाई पराजित भयो। त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक÷एक गोल गरेका हुन् । भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् ।

प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल अहिले नेपाल र भारतवीच भइरहेको छ । नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेको छैन ।