![]()
कैलाली/ घोडाघोडी नगरपालिका-५ डोकेबजारस्थित सडकमा सु.प.प्र.०१-०१२प ७२७९ नम्बरको मोटरसाइकललाई सु.प.प्र.०१-००२ त ६१८७ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-१० बस्ने २७ वर्षीय सुशिल बिकको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड हुँदै निषर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
