![]()
काठमाडौं । ज्योतिषी दिपक सुवेदीले एक हप्ताका प्रत्येक दिनको अलगअलग राशिफलसहितको भिडियो सार्वजनिक गर्नु भएको छ । फोरकास्ट टेलिभिजन युट्युब च्यालनमार्फत उहाँले त्यस प्रकारको भिडियो सार्वजनिक गर्ने गर्नुभएको हो ।
ज्योतिष शास्त्र तथा राशिफलका पारखीहरुलाई प्रत्येक दिनको राशिफल सोही दिनमात्रै हेर्नपर्ने र कहिले काहीँ राशिफलमा नराम्रो फल लेखिएको रैछ तर त्यो दिन विशेष कामको योजना बनिसकेको भएमा सम्बन्धितलाई तनाब हुने हुन्छ । यस्तो अवस्थामा आफूले साताका सातै दिनको राशिफल साताको शुरुमै सार्वजनिक गरिदिए पछि फलोअरर्सले हप्ताभित्रका कुन दिन कस्तो फलकारक छ भन्ने जानेर फाप्ने दिन राम्रो कामको योजना बनाउन र अफाप दिन सावधानी रहनसक्ने हुनाले आफूले यो काम गरेको ज्यो. सुवेदीको भनाई छ । हप्ताका प्रत्येक दिनको दैनिक राशिफल साताको शुरुमै जान्न पाएपछि फलोअर्सहरुलाई प्रत्येक दिनको राशिफल हेरिरहनपर्ने टन्टो पनि नहुने भएको छ ।
राशिफलमा विश्वास गर्नेहरुले यस प्रकारको राशिफल हेरेर बढी फाइदा उठाउन सकिने देखिन्छ । साता शुरु हुनेबित्तिकै यस प्रकारले साताका सबै दिनको राशिफल हेर्न पाएपछि साता भित्रका कुन दिन कस्तो ग्रहगोचरको प्रभाव रहेको रैछ सो बुझेर जुन दिन आफूलाई प्लानेटको अनुकूल प्रभाव रहेको छ सो दिन विशेष कामकार्यको योजना तर्जुमा गरी फाइदा लिन सकिने र जुन दिन ग्रहले त्यति साथ दिएको छैन सो दिन विशेष खालको कामको तय नगरी सामान्य काम गरेर बस्न सकिन्छ ।
मान्छेले ज्योतिष विद्या, राशिफल लगायत विभिन्न साइत आदिको बारेमा वेवास्ता गर्दा कहिलेकाही विपरित परिणाम भोग्न परिरहेको पनि हुन्छ । हप्ता दिन पहिलानै कुन दिन कस्तो फलकारक छ भन्ने जान्न पाएपछि कुन दिन के गर्दा उचित हुन्छ भन्ने ज्ञान गरी अघि बढ्दा सम्बन्धित काममा सफलता प्राप्त गर्नसकिने हुन्छ भने यदि कुनै दिन नराम्रो फलकारक छ भने सो दिन सावधानी रहेर सम्बन्धित अनिष्टबाट बच्न सकिन्छ, ज्यो.गुरु दीपक सुवेदी बताउनु हुन्छ ।
उहाँले प्रस्तुत गर्नु भएको यो साताको राशिफल भिडियोमा जस्ताको तस्तै हेर्न सक्नु हुनेछ ।
https://www.youtube.com/watch?v=G-FqpNAlZQI
