Loading

टीकापुर/ सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरुबाट भन्सार छलिका सामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीका अनुसार कैलाली जिल्लाको बिभिन्न स्थानहरु गोदावरी नगरपालिका ३ चौकीडाँडा र टिकापुर नगरपालिका ९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ग री ल्याएका अन्दाजी मूल्य ५७ हजार रुपैयाँ बराबरको सुटपिस, शुभ दिपावली स्टिकर, रंगोली स्टिगर, खुट्टाको छाप, पानीपुरी, कम्युटर पेपर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको छ।
    यस्तै कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त नगरपालिका १० भन्सार कार्यालय नजिक, ऐ. १७ खल्ला, बेलौरी नगरपालिका ।७ पौलाह र दोधारा चाँदनी नगरपालिका १ पक्की पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरेर ल्याएका अन्दाजी मूल्य र ४ लाख ९ हजार ३ तीनसय ७रुपैयाँ बराबरको प्याज, चिनी, गुड, बिडी, सुर्ती, सरफ, दाल, मटर, मिठाई, आलु, पाईन्ट कपडा, धातुको बाटा, ढोकाको कब्जा, काजु, बदाम, पेय पदार्थ, कस्मेटिक समान, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।