![]()
टीकापुर (बेलुवा)/जगननथ्या ग्रुप टिकापुरको आयोजनामा एकसातादेखि भइरहेको फुटबल प्रतियोगिताको उपाधि विजय स्क्वाड एफसी टिकापुरको जितेको छ ।
मँगलबार बेलुवास्थित फुटबल मैदानमा बिजेता टिमले मातृभूमि युवा क्लब लम्की चुहालाई पेनाल्टीमार्फत हराएको हो । निर्धारित समयमा दुबै पक्षबाट गोल नभएपछि पेनाल्टीमार्फत खेल भएको हो ।
पेनाल्टीमा बिजेता टिमले ४ र उपविजेता टिमले २ गोल मात्र गरेका थिए।
उपबिजेता टिमबाट प्रहार भएको एक बल गोलपोष्टको पोलमा लागेर बाहिरिएको थियो भने एक गोल गोलरक्षकले रोकेका थिए।
यस्तै विजेता टिमको एक प्रहार पनि उपविजेता टिमको गोलरक्षकले रोकेका थिए ।
विजेता टिमलाई एकलाख ११ हजार १ सय ११ नगद सहित विजेता कप प्रमुख अतिथि नगरप्रमुख रामलाल डगौराले प्रदान गरेका थिए ।
यस्तै उपविजेतालाई नगद ३० हजार नगद सहित कप विशिष्ट अतिथि फकिर सिंह कडायतले प्रदान गरेका थिए ।
असोज ७ गतेबाट शुरु भएको उक्त प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । आयोजक सँस्थाका अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सँस्थाको सदस्य सल्लाहकार सप्तऋषि माविका प्रधानाध्यापक लिखराम चौधरीले स्वागत मन्तव्य र सञ्चालन भरत भण्डारीले गरेका थिए ।
सोमबार भएको सेमिफाइनलमा विजेता टिमले सत्ति र उपविजेता टिमले बटनपुरलाई समान १/१ गोल गर्दै फाइनलमा लागि छनौट भएका थिए।









