![]()
बेलुवा (टिकापुर) असोज ७ गतेदेखि भइरहेको प्रथम जगननथ्या फुटवल प्रतियोगिताको अवसरमा मंगलबार जनप्रतिनिधि र आयोजक बिच प्रतिष्पर्धा हुँदा आयोजक टिम १ का विरुद्ध ३ गोल गर्दै विजयी भएको छ ।
जगनथ्या ग्रुप टिकापुरको आयोजनामा असोज ७ गतेदेखि फुटवल प्रतियोगिता भइरहेको छ । उद्घाटनकै दिन ती दुबै टिम गोलरहित बराबरीमा रहेपछि आज थप समय दिएर खेल भएको थियो।
निर्धारित ३० मिनेटमा मंगलबार पनि कुनै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी मार्फत खेल सम्पन्न भएको हो ।
पेनाल्टीको सुरुवातमा नगरप्रमुख रामलाल डगौरा थारुले गोल गर्न सकेनन् । उनीसँगै लगातार तीनजनाले गोल गर्न सकेनन्। आयोजकका तर्फबाट लगातर दुई गोल भएपछि तेस्रो बल प्रहार गर्न आएका चँखबहादुर कठायतले गोल गर्न नसकेपछि चौथो बल प्रहार सँगै आयोजक विजयी भएको हो ।
बिजेताहरुलाई एक खसी पुरस्कार राखिएको आयोजकले बताएको
छ ।
