![]()
दिल्ली / सन्त निरंकारी मण्डल दिल्लीका कर्मठ सन्त कुलदीप सिँहको शुक्रबार बिहान निवासमै निधन भएको छ ।
सन्त निरंकारी मण्डलका अनुसार मण्डलका प्रथम प्रधान सन्त लाभसिँह जीका सुपुत्र उनी जीवनपर्यन्त निरंकारी प्रदर्शनीको संयोजकका रुपमा सेवा गर्दै आएका थिए । प्रखरवक्ता समेत रहेका उनी शहंशाह बाबा अवतार सिंह जी महाराजबाट एकदम प्रेम,स्नेहको मायाका साथै आशीर्वाद प्राप्त गर्ने पूर्ण गुरसिख महात्मा थिए ।
उनलाई अधिकांश साधसंगत परिवारले (भी.पी.जी)) का नामले चिन्दथे । उनको पार्थिव शरीरलाई २० जनवरी बिहान ८ः३० बजे मैरिज ग्राउण्डमा ल्याएर श्रद्धाञ्जली दिएपछि त्यहीँबाट अन्तिम यात्रा १०ः३० बजे शुरु भई ११ बजे बाबा लाल बेग मोक्ष धाम धीरपुर,निरंकारी मैरिज ग्राउंडका पछाडि उनको अन्त्येष्ठी हुने बताइएको छ ।
उनको जीवन चर्चा सम्बन्धी (प्रार्थना सत्संग) कार्यक्रम २० जनवरी शनिवार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म ग्राउण्ड नं ८ बुराडी रोडमा हनेछ । अहिले उनको पार्थिव शरीर निरंकारी कालोनीसीथत निवासमै राखिएको छ ।
