![]()
टिकापुर/ टीकापुर नगरपालिकाकाो आयोजनामा आज शुक्रबार माघिमिलन तथा कैलालीका स्थानीय तहहरु वीच शुभकामना आदानप्रदान कार्यक्रम शुरु भएको छ ।
कैलालीमा रहेका स्थानीय तहका उपप्रमुखहरुको मुख्य सहभागिता रहेको यस कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननीय रुपा सोसी थारुले गरेकी छन् ।
कार्यक्रममा सँविधानले प्रदत्त गरेका पालिका उपप्रमुखहरुको हक अधिकार र त्यसको कर्तव्यका बि,यमा समेत चर्चा भइरहेको छ।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नगरपालिकाका कर्मचारी, न्यायिक समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।
टिकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहको अध्यक्षतामा भइरहेको यस कार्यक्रमको सञ्चालन नगरपालिकाकी कर्मचारी अमृता रावलले र स्वागत लेखा अधिकृत लक्ष्मी ओडले गरेकी छन् । कार्यक्रम जारी रहेको छ ।



