Loading

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका ३७ वटा केन्द्रीय विभागको जिम्मेवारी तोकेको छ । आज बसेको केन्द्रीय समिति बैठकले विभागको जिम्मेवारी तोक्नेलगायत विभिन्न पाँचवटा निर्णय गरेको पार्टी महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको छ । यस्तै । केन्द्रीय सदस्य डा प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरिएको ढकालले जानकारी दिए ।

सहकारी र लघुवित्त पीडितको पक्षमा संसदमा आवाज उठाउने निर्णय गरेकाे छ । बैठकले पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद अधिवेशनमा आवाज उठाउने निर्णय गरेको हो । ‘सहकारी र लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरू उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले जानकारी गराउनुभयो ।

माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरिएको छ,’ रास्वपाका महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।