Loading

काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै स्पेनले उपाधि जितेको छ ।

अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा आज भएको खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० को पराजित गरेको हो । खेलको पहिलो हाफमा कप्तान ओल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् ।

यहीं गोल निर्णायक बन्यो । कार्मोनाले २९औँ मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फस्ट टच’ गोल गरेकी थिइन् । महिला विश्वकपको इतिहासमा यी दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् ।