![]()
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली काँग्ेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन् ।
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् । अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए भने साँसद शर्मा मेडिकल व्यवसायी हुन् ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए । सबैले शैक्षिक प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएको बताइएको छ ।
यसैवीच सत्तारुढ नेपाली काँग्रेसले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मालाई किन पक्राउ गरेको हो भन्ने बुझेपछि औपचारिक धारणा बनाउने बताए । मोरङ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्मालाई प्रहरीले नक्कली सर्टिफिकेटबारे अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको बारे आफूलाई जानकारी नभएको बताए ।
बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा समेत यसबारे छलफल भएको थियो । बैठकपछि प्रमुख सचेतक लेखकले भने, ‘के कारणले किन पक्राउ गरेका रहेछ भन्ने थाहा पाइसकेपछि आफ्नो धारणा बनाउँछौं ।’
