![]()
टीकापुर, कालिका इंगलिश बोर्डिग स्कुल टीकापुर ६ नारायणपुरको २९ औं वार्षिकोत्सव आइतबार एक समारोहका वीच सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि रहेका टीकापुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष बलिराम चौधरीले गरेका थिए । समारोहलाई सम्वोधन गर्दै अध्यक्ष चौधरीले बोडिंगको सिकाई अब सरकारी तथा सामुदायिक विद्यालयले पनि लागु गर्नुपर्ने बताए ।
उनले सबैे सकारात्मक सोच राख्न जरुरी भएको भन्दै अभिभावकहरुमा नकारात्मक सोच उत्पन्न् भएमा सबैले त्यतोमा सकारात्मक सोच राख्न र नकारात्मक सोच हटाउन जरुरी र्भको बताए । खेलकुद र नृत्यपनि स्वास्थ्यको एक अभिन्न अंग भएकाले जस्ले मञ्चमा आएर आप्mनो प्रस्तुति दिन सक्छन् उनीहरुले नै आगामी दिनमा समाजमा निडर भएर व्यक्तिगत तथा सामाजिक काम गर्न सक्ने बताए ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि नारायणपुर गाविसका पूर्व अध्यक्ष फकिर सिंह कडायतले प्रजातन्त्रको आगमन भएसँगै ०४७ सालबाट निजीस्तरमा विद्यालय खुल्न थालेबो बताए । उनले २९ वर्ष टे्केको यो विद्यालय स्थापना ३२ ३३ वर्ष भएपनि वैधानिक रुपले स्थापित भएको २९ वर्ष पुगेको बताए ।
उनले अभिभावकहरुले आफूले खाई नखाई बालाबलिकाहरुलाई विद्यालय पठाउने गरेको बताए । त्यसैले शिक्षक गुरुवर्गहरुले पनि यसमा ध्यान दिनुपर्ने बताए । उनले पढाईमा मात्र नभई स्रोतकेन्द्रस्तरका विद्यालयहरुमा यो विद्यालय अन्य अतिरिक्त क्रियाकपालमा पनि अघि रहेको बताए ।
यस्तै अकौ विशिष्गट अतिथि वरिष्ठ पत्रकार दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरु विद्यालयमा ६ ७ घण्टा रहने भएता पनि घरमा झण्डै १८ घण्टा रहने भएकाले शिक्षकभन्दा अभिभावकहरुको तीनगुणा बढी जिम्मेवारी रहेको बताए । उनले विशाल भवनहरु भएका शहरका विद्यालयभन्दा स्थानीय ग्रामीण्ष क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरु अब्बल र अनुशासित रहेको बताए ।
यस्तै शुभकामना दिने अन्य वक्ताहरुमा दानबहादुर मगर, कपुरसिंह कडायत, सुरतबहादुर कुँवर, देवबहादुर बुढाथोकी, टोपबहादुर केसी, देव रावल, सुमन ओड लगायत रहेका थिए । वार्षिकोत्सव समारोहमा स्वागत गीत त्रिस धामी, निर्जला ओड, सरिता रावल, संजना चौधरी र ममता शाहीले गाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर कडायतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल परमभक्त जोशी र सञ्चालन दीलिप कर्माकारले गरेका थिए । सो अवसरमा बोल्दै व्यवस्थापन समिति अध्यक्ष कडायतले आगामी दिनमा विद्यालयमा थप एक वसको माग भएकोले त्यो पुरा गर्न पहल थालिने बताए ।
उनले दुई कोठे भवन थप्ने योजना कोविड १९ का कारण अलपत्र परेपनि अब त्यो आगामी शैक्षिसत्रमा पुरा गरिने बताए । यस्तै मण्टेश्वरी कक्षाको लागि पनि माग भइ आएकोले त्यसको व्यवस्थापन समेत गरिने बताए ।
सो अवसरमा यसै महिनामा जारी भएको टीकापुर मेयर तथा उपमेयर कपमा प्रतिस्पर्धा गरी प्रथम, द्वितीय र तृत्ीय भई पुरस्कार जित्न सफल विद्यार्थीहरुलाई विद्यालयका तर्फबाट पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न प्रकारका नृत्यहरु प्रस्तुत गरिएका थिए ।
यस्तै विद्यालयलाई सहयोग गरेवापत सत्कार बुक्स टीकापुरका सञ्चालक वीरेन्द्र रावल, उज्यालो बहुउद्देश्शीय सहकारी संस्थाका अध्यक्ष रामकृष्ण चौधरी र लक्ष्मीस्नारायण बहुउद्देशीय सहकारी संस्थालाई समेत सम्मन गरिएको थियो ।
