Loading

टीकापुर/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बैठकमा सहभागी ५२ सांसदमध्ये शाहको पक्षमा ४१ सांसद देखिए भने विपक्षमा ११ सांसद देखिए ।

मुख्यमन्त्री शाहलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक जना स्वतन्त्र सांसदले विशवासको मत दिएका छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि २६ माघमा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३० बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सोही दिन शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शाहले विश्वासको मत नपाएको भए प्रदेश सभाको कुनैपनि सदस्यले आपूmलाई प्रदेश सभाका बहुमत साँसदहरुको बहुमतको हस्ताक्षर भएको हस्ताक्षरसहितको पत्र लिएर प्रदेश प्रमुखकहाँ मुख्यमन्त्रीमा दाबि गर्न जानु पर्ने थियो यदि त्यसरी बन्ने सरकार नै यस कार्यकालका लागि अन्तिम सरकार हुने थियो । यदि कसैले प्रदेश सभाको बहुमत साँसदको हस्ताक्षर भएको पत्र लिएर जान नसकेमा शाह नै कामचलाऊ मुख्यमन्त्री बन्दै आगामी ६ मिहनाभित्र प्रदेश प्रमुखले प्रदेश सभाको लागि निर्वाचनको मिति तोक्न सक्ने थिए ।

गत कार्यकालमा पुरै पाँच वर्ष नेतृत्वमा मुख्यमन्त्री त्रिलोचन भट्ट रहेपनि यसपटक भने सरकार अस्थिर बनेको थियो । यस कार्यकालको लागि पहिलो मसख्यमन्त्री बनेका नेकपा एमालेका साँसद राजेन्द्रसिंह रावलको सरकार विश्वासको मत नपाउने निश्चित भएपछि राजिनामा दिन बाध्य भएको थियो ।