Loading

काठमाडौं । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

चर्चित व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले सुदूरपश्चिमको महकाली, धनगढी, लम्की, टीकापुर, बर्दिया बाँके हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने माग पनि प्रसाईँको छ ।
उनको राजतन्त्र पुर्नस्थापनाको माग भन्दापनि बैंकिग ब्याजदर घटाउनु पर्ने र हिन्दू राष्ट्र कायम गर्नुपर्ने विषयलाई धेरैले समर्थन जनाएका छन् ।