Loading

टीकापुर, १३ फागुन । सन्त निरंकारी मण्डल नेपाल सत्संग भवन टीकापुर र सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुरको संयुक्त आयोजनामा शनिबार टीकापुर पार्क क्षेत्रमा सरसफाई आयोजना गरिएको छ ।
मण्डलका अध्यक्ष नरबहादुर रावल, महान गीतकार जगत जी, टीकापुरस्थित सत्संग भवनका मुखी महादेव भण्डारी, क्षेत्रीय सञ्चालक नरबहादुर बटाला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीराम काप्mले सहितको विद्यालय तथा मण्डल परिवारले पार्क क्षेत्रको पूर्वीक्षेत्रमा रहेको पिकनिकस्थलमा सरसफाइ गरेको हो ।
निरंकारी मिशनका चौथो सदगुरु निरंकारी बाबा हरदेव सिंह जी महाराजको जन्मदिनको सन्दर्भमा गरिएको यस कार्यक्रममा स्थस्थता र स्वच्छाता सम्बन्धी विभिन्न प्लेकार्डहरु लिएर विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी र मण्डलका स्वयंसेवकहरु सो अभियानमा सहभागी भएका हुन् ।
स्वच्छ जल, स्वच्छ मन भन्ने वर्तमान सद्गुरु निरंकारी माता सुदिक्षा जी महाराजको सन्देशलाई लिएर आयोजित उक्त कार्यक्रममा प्रदुषण भित्र होस् वा बाहिर दुवै हानिकारक हुन्छ भन्ने मूल नाराका साथ सहभागीहरु सरसफाईमा जुटेका थिए ।
यसै गरी सन्त निरंकारी मण्डलका नेपालका विभिन्न शाखा तथा सत्संग भवनस्थित सेवादल युनिटहरुले सबै क्षेत्रमा आजै सरसफाई कार्यक्रम गरेको मण्डलले जनाएको छ ।
यस कार्यक्रम पछि टीकापुर भवनमा क्षेत्रीय सञ्चालक नरबहादुर बटाला, सडकपुर बौनियास्थित सत्सँग भवनमा नरबहादुर रावलको अध्यक्षतामा सत्संग कार्यक्रमहरु भएका थिए ।
अमरावती सत्संग भवनमा गीतकार जगत जी
सन्त निरंकारी सत्संग भवन अमरावतीमा निरंकारी मिशनका महान गीतकार जगत सिंह जगत जीको प्रमुख आतिथ्यतामा शनिबार गुरुपूजा दिवसको सन्दर्भमा बृहत सत्संग कार्यक्रम भएको छ ।
उक्त कार्यक्रममा गीतकार जगतजीले बाबा हरदेव सिंह महाराजसँग आपूmले ३२ वर्ष साथमा रहेको बताउदै केही रोचक प्रसंगहरु सुनाउनु भएको थियो । उहाले सरल र सहज स्वभावका बाबाजी मयादापुरुष भएको बताउदै त्यस्ता महापुरुषहरुले बिरलै मात्र जन्म लिने बताउनुभयो ।
यस्तै कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका पूर्व सचिव तथा वरिष्ठ पत्रकार दुर्गाप्रसाद भण्डारी, धनसिह नेपाली, महात्मा रायसिंह जी, स्थानीय मुखी पदम सिंह विश्वकर्मा जी, रमेश जयगढी, प्रेम जी लगायतले विचार तथा भक्ति रचना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन स्थानीय सेवादल इन्चार्ज जगत जीले गर्नु भएको थियो । उक्त बृहत सत्संग कार्यक्रममा विशाल रुपमा साधसंगतको उपस्थिति रहेको थियो ।