![]()
टीकापुर, फागुन । सन्त निरंकारी आदर्श विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी टीकापुरको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार टीकापुरमा सम्पन्न भएको छ ।
विद्यालयको प्रँंगनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम सभा सदस्य लक्ष्मण किशोर चौधरी रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य ललिता सुनार, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रा.डा.जगतबहादुर सिंह रावल, सन्त निरंकारी मण्डलका अध्यक्ष नरबहादुर रावल रहनुभएको थियो ।
सुख साधन मात्र दिन्छ जगतमा यो विज्ञानले, आत्मकाको कल्याण हुन्छ मात्र बह्मज्ञानले भन्ने मुल नाराका साथ भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरुका साथै अतिथिहरु टीकापुर नगरपालिकाका पूर्व प्रमुख तपेन्द्र रावल, इलाका प्रशासन कार्यालयका प्रमुख (उपसचिव) राना, नेपाली काँग्रेस क्षेत्र नं १ का पूर्व अध्यक्ष भुवनेश्वर अधिकारी, शिक्षाप्रेमी भक्तिराम कोइराला लगायतले शुभकामना व्यक्त गरेका थिए । यस्तै कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न प्रकारका सन्देशमुलक झँकी, गीत र नृत्य प्रदर्शन गरिएका थिए ।
कार्यक्रममा विद्यालयका लेखापाल सत्यराज शर्माले विद्यालयको गत आर्थिक वर्षको तथ्यगत र चालु आर्थिक वर्षको अनुमानित आयब्यय प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष ०७७ ०७८ को अनुमानित आयतर्फ एक करोड ७५ लाख ६३ हजार एकसय ५७ रुपैया ५४ पैसा र वास्तविक आयतर्फ ९५ लाख ३२ हजार दुईसय ३५ रुपैया भएको तथ्यांक प्रस्तुत गरेका थिए ।
यस्तै चालु आर्थिक वर्षको अनुमानित ब्यय रकम १ करोड ५१ लाख ८० हजार आठसय ८४ रुपैया ५९ पैसा रचालु आर्थिक वर्षको बास्तविक ब्यय १ करोड २ लाख ३३ हजार आठसय ८४ रुपैया ५२ पैसा रहेको छ । लेखापाल उपाध्यायले विद्यालयको भौतिक संरचना तथा अध्ययनरत विद्यार्थीह्रुको विवरण समेत पेस गर्नुभएको थियो ।
२०४७ सालमा स्थापना भएको विद्यालयले २०६० सालदेखि निरन्तर एसएलसी दिदै आएको यस विद्यालय सुदूरपश्चिमबाट पटक पटक उत्कृष्ट स्थान हासील गर्दै आएको छ । २०६८ सालमा १२ कक्षासम्मको अनुमति लिएको यस विद्यालयले १२ कक्षाको परीक्षामा समेत सुदूरपश्चिम क्षेत्रमा उत्कृट विद्यार्थी उत्पादन गरिसकेको छ ।
मातृ संस्था सन्त निरंकारी मण्डल नेपालद्वारा २०४७ सालमा स्थापना गरिएको यस विद्यालयले २०५४ सालमा निम्नमाध्यमिक तहको अमुमति प्रँप्त गरेको थियो ।
चालु शैक्षिकसत्रमा नर्सरी कक्षादेखि १२ कक्षासम्म ५९३ छात्र र ४२६ छात्रा गरी एकहजार ३५ विद्यार्थीले अध्ययन गरिरहेका छन् । यसैगरी विद्यालयमा ३२ शिक्षक तथा शिक्षिका र ७ जना अन्य कर्मचारी गरी ३९ जना कार्यरत रहेका छन् ।
विद्यालयमा ४० वटा कोठा भएको पक्की तीनवटा भवन, टिनसेट भएको एउटा भवन, महिला तथा पुरुषका लागि २४ वटा शौचालय समेत रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम काफ्लेको अध्यक्षतामा भएको उक्त समारोहमा स्वागत मन्तव्य शिक्षक कान्तिप्रसाद ज्ञवाली, सञ्चालन शिक्षद्वय उदयराज रेग्मी र नरबहादुर बटालाले गर्नुभएको थियो ।






