![]()
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
उनले मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सो समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे सहभागी थिए ।
सोमबार सत्तारूढ गठबन्धनबाट माओवादीकी सांसद अर्याल निर्विरोध निर्वाचित भएकी थिइन् । उनले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
