Loading

धनगढी /दुईपटको मतदानबाट परिणाम आउन नसकेको सुदूरपश्चिम प्रदेश सभाले आज मंगलबार आप्नो सभामुख सँगै उपसभामुख समेत चयन गरेको छ । आज निर्वाचित भएका सभामुख भीमबहादुर भण्डारी र उपसभामुख कोइलीदेवी चौधरी हुन् ।


भण्डारीले २३ का विरुद्ध २९ मत ल्याइ विजयी भएका हुन् भने उपसभामुखले २० का विरुद्ध २८ मत ल्याएर विजयी भएका हुन् । ५३ सदस्यीय प्रदेश सभामा निर्वाचित हुन २७ सदस्यको समर्थन आवश्यक थियो । उप सभामुखमा नेकपा एमालेकी कोइलीदेवीले नेकपा एकीकृत समाजवादीका माया पन्तलाई पराजित गरेकी हुन् । तर सभामुख बनेका भण्डारीले पनि प्रतिद्वन्द्वी नेपाली काँगैसका मानबहादुर रावललाई पराजित गरेका हुन् ।

उपसभामुख मंगलवार नै उम्मेद्वारी भएर निर्वाचित भएपनि सभामुखका लागि भने यो तेस्रोपटक निर्वाचन भएको हो । पहिलो दिन भएको निर्वाचनमा भण्डारीले २६ मत मात्र ल्याएका थिए भने रावलले २३ मत ल्याएका थिए । दोस्रो पटक भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि भण्डारीले २३ र रावलले पनि २३ मत ल्याएका थिए । आवश्यक संख्या नपुगेकाले मंगलवार भएको निर्वाचनमा नागरिक उन्मुक्तिले समथैन गरेसँगै सत्ता गठबन्धनका भण्डारीले २९ र रावलले २३ मत ल्याएका हुन् ।