Loading

जोशीपुर (कैलाली) /नेकपा माओवादी केन्द्र कैलाली क्षेत्र नं १ को आयोजनामा आज मंगलवार जोशीपुरको झबहीमा माघी पर्वको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सहभागीहरुले आजको नेपाली राजनीतमा नै मेलमिलाप र सहकार्यको भएकाले अब समाज बनाउन पनि सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
विभक्त समाजले न त समाजको नत देशको नै विकास हुने बताएका हुन् । देशको वर्तमान अवस्था तरलताको भएकोले पनि दलहरु आपसी सहमति र सहकार्यका लागि अगाडि बढिरहेको बेला स्थानीयस्तरमा आपसी मनमुटाव र विभाजन भएर केही नहुले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हेमराज भट्टराई, विशिष्ट अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नेपबहादुर थारु, माके केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रुपा थारु, माके जिल्ला इन्चार्ज हरि ज्ञवाली, नेपाली काँग्रैसका नेता तथा पूर्व साँसद बुद्धिसागर चौधरी, नेकपा एमाले प्रदेश सदस्य तपेन्द्र बहादुर रावल, जोशीपुर गाउँपालिकाका प्रमुख तथा नागरिक उन्मुक्ति पार्टीका नेता चित्र बहादुर चौधरी, नेकपा एकीकृत समाजवादीका कैलाली क्षेत्र नं १ क का संयोजक हरि चौधरी, नेपाल पत्रकार महासंघका राष्टिय परिषद सदस्य दुर्गाप्रसाद भण्डारी, जन्स्वास्थ्यकर्मी संघका प्रदेश उपाध्यक्ष करिसिंह भुल, टीकापुर अस्पतालका अध्यक्ष झपट बहादुर सोडारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रैसका नेता वीरबहादुर हमाल, पूर्व साँसद हरि श्रीपाइली लगायतका जोशीपुर, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा रहेका विभिन्न राजनैतिक दलका नेताहरु, शिक्षक तथा प्राध्यापकहरु, विभिन्न संगसंगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
नेकपा माओवादी केन्द्र कैलाली क्षेत्र नं १ का संयोजक सुरेन्द्र देवकरको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन कमला ज्ञवालीले गरेकी थिइन् ।