![]()
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बीच अबहिले १२ बजेदेखि पार्टी एकतासम्बन्धी वार्ता भइरहेको छ । दुई पार्टीबीच एकता प्रक्रियाका लागि बनेको कार्यदलबीच अहिले दिउँसो १२ बजे सिंहदरबारमा छलफल भइरहेको हो । जसपाका तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।
नेकपा एमालेबाट टुक्रिएको नेकपा एस र पछिल्लोपटक तराइ मधेशमा समेत कमजोर हुँदै गएको जसपा नेपाल नयाँ उदाएका राजनीतक दलहरु सत्ताको मियो बनेपछि अत्तालिएका हुन् । पूर्वप्रधानमन्त्री नेपालको दलले प्रत्यक्षतर्फ नतिजा राम्रो ल्याएपनि समानुपातिकमा निकै पछि परेपछि राष्टिय मान्यताको तोकिएको तीन प्रतिशतको मापदण्ड समेत पार गर्न नसकेपछि आगामी पाँच वर्ष कुनै गाह्रो भएको विश्लेषण गरेको बुझिएको छ ।
यस्तै पूर्व उपप्रधानमन्त्री यादवको दल पनि तराईमा नयाँ उदाएको चन्द्रलाल राउतको दल जनमत पार्टीभन्दा समानुपातिकमा पछि परेपछि पार्टीको भविष्य देखेर अत्तालिएको हो । नयाँ दलहरु सत्ताको मियो बन्दै गएपछि यी दुवै दलका नेतृत्वहरु संसदमा बलियो उपस्थितिका लागि पनि पार्टी एकताको प्रक्रियामा अघि बढेको बताइएको् छ । यादव मधेशवादी र त्यसमा यादववादी मात्र भएको आरोप लाग्दै गएको छ, पार्टीका अध्यक्ष अशोक राईलाई प्रतिनिधि सभामा पार्टीको संसदीय दलको नेता बन्न नदिएका उपेन्द्र यादवले रामसहाय यादवलाई संसदीय दलको नेता बनाउन निकै पहल गरेको कुरा सञ्चारमाध्यममा आएको थियो । उनी आफू पराजित भएपछि मात्र अर्को यादवलाई अगाडि ल्याएका हुन् जितेको भए त आफै हुने थिए एक नेताले बताए । अहिले बाबुराम भट्टराई र महन्थ ठाकुर यादवबाट परेशान भएर नै पार्टी अलग खोलेको बताइन थालिएको छ ।
यस्तै मधेश प्रदेशसभामा अघिल्लोपटक लालबाबु राउत मुख्यमन्त्री बनाइएपनि अहिले त्यहाँपनि पूर्व सभामुख रहेका सरोज यादवलाई नै संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाएकोले पनि उनीमाथि लाग्ने गरेको आरोप सही हो भन्ने अरुको पनि बुझाई रहेको छ ।
