![]()
स्थापनाको ५० वर्ष पुरा गरेको अवसरमा कर्णाली माध्यामिक विद्यालय सत्तिले स्वर्ण जयन्ती मनाएको छ । मंगलबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी विद्यालयले स्वर्ण जयन्ती मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रि डाक्टर रणबहादुर रावल र विशिष्ट अतिथि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्र रावल रहेका थिए ।
मन्त्री रावलले शिक्षा विना कुनै पनि कुराको विकास सम्भव नभएकाले शिक्षा लिनु अनिवार्य भएकोले विद्यार्थीहरुलाई एउटा किताबी किरा नबनाई दिमाग चलाउने शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि निवर्तमा नगरप्रमुख रावलले आफ्नो कार्यकालमा आधारभूत तहसम्मको शिक्षालाई निशुल्क बनाई सकेको बताउँदै विद्यालयका भौतिक पूर्वाधार पनि सबै तयार भएका र अवका दिनमा शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउनु भयो । यस्तै, पालिका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले नेपालको संबिधानले नै आधारभूत तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गरेकाले टीकापुर नगरपालिकाले पनि त्यहि अनुसारको काम गरेको बताउँदै अब क्रमशः माध्यामिक तहसम्मको शिक्षा पनि निशुल्क हुने बताउनु भयो ।
अन्य वक्ताहरुमा वडाध्यक्षहरु दिर्घबहादुर ठकुल्ला, यज्ञप्रसाद न्यौपाने, वलिराम चौधरी, पूर्व स्रोत व्यक्ति टीकाराम जोशी, खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल, साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत, राष्ट्रिय माध्यामिक विद्यालय मनिकापुरका प्रधानाधयापक पूर्णाखर भाट, त्रिभूवन माध्यामिक विद्यालय वटनपुरका प्रधानाध्यापक रविन्द्र कठायत, पूर्व विद्यार्थी सशस्त्र प्रहरी नायव उपरीक्षक पुरन प्रसाद न्यौपाने रहनु भएको थियो ।
यस्तै सत्ति कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउँद, सामुदायिक सहकारी सत्तिका अध्यक्ष हरीकुमार कार्की, लक्ष्मीनारायण बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायत, नोवेल पब्लिक स्कुलका प्रिन्सीपल केशव धामी, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष नवराज ढुंगाना, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरेश्वर धमाला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा दृष्टिविहिन विद्यार्थी पूजा साउँद र अनिश चौधरीलाई जनही ९÷९ हजारका दरले सरस्वति रावल छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयको स्वर्ण जयन्तीकै अवसरमा कलादेवी खड्काले स्वर्गिय श्रीमान रामबहादुर खडकाको सम्झनामा १ लाख १५ हजारको अक्षयकोष स्थापना गर्नु भएको छ । खड्काले आप्ना पति रामबहादुर खड्काको सम्झनामा १ लाख १५ हजार रासीको अक्षय कोष सञ्चालनका लागि विद्यालयलाई चेक हस्तान्तरण गर्नुभएको थियो । यस्तै विद्यालयका पूर्व शिक्षक अभिभावक समितिका अध्यक्ष नवराज ढुंगानाले आफ्नो ७३ औं जन्मदिनको अवसरमा विद्यँलयलाई २ हजार १ सय १५ रुपैयाँ प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयले गरेका विभिन्न क्रियाकलापमा सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यार्थीहरुले विभिन्न किसीमका नृत्यहरु समेत प्रस्तुत गरेका थिए । विद्यालयले स्वर्ण जयन्तीको अवसरमा निकालेको कर्णाली स्वर्ण जयन्ती स्मारिका २०७९ पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापकलाई सम्मान गरिएको थियो भने पूर्व शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई भने सम्मान गरिएको थिएन । यस्तै पूर्व विद्यार्थीहरुमा मनपरेका केहीलाई सम्मान गरिएको थियो । यस्तै चित्रकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले उक्त विद्यालय निमावि तह हुँदाका विद्यार्थीहरुलाई पूर्व विद्यार्थी मान्न नसकेको देखिएको छ ।
१० जनाको सम्पादक मण्डल रहेको स्मारिकाको भाषागत त्रुटि धेरै रहेको र पूर्व विद्यँर्थीहरुलाई सम्मान गर्दा पनि आफन्त र वडा नं ७ र ८ बाहेक अन्य स्थानबाट आएका विद्यार्थीहरुलाई समेटन नसकेको कार्यक्रममा सहभागी हुन आएका केही विद्यार्थीहरुले बताएका छन् । हरेक वर्ष एउटै व्यक्तिलाई सम्मानित गरिनुले पनि कार्यक्रमको ओज घटेको बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराम ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा भएको उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक जगविर शाहले स्वागत र कार्यक्रम सञ्चालन शिक्षक भिम महरले गर्नु भएको थियो ।

