![]()
टीकापुर/टीकापुर नगरपालिका पशु हाट बजार क्षेत्रको विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालमा टिकाटिप्पणी उठिरहेको विषयलाई लिएर नगरपालिकाले आप्नो ध्यानाकर्षण भएको भन्दै बुधबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
नगरपालिका प्रवक्ता बलिराम चौधरीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा टीकापुर नगरपालिका वडा नं १ मा रहेको पशु हाटबजार सञ्चालनको विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य बुझिदिन भन्दै आग्रह गरिएको छ ।
नगरपालिकाले सो हाट बजार सञ्चालनका लागि विभिन्न मितिमा ठेक्काका लागि सूचना जारी गरेको बताएको छ । न्ष्यूनतम ९२ लाख ७० हजार रुपैया रहने गरी मिति २०७९ साउन ४ गते पहिलोपटक विद्युतीय माध्यमबाट ठेक्का गरिएको र मिति २०७९ साल भदौ ९ गते र तेस्रोपटक मंसिर १५ गते ठेक्काको सूचना निकालिएको भएपनि कसैको ठेक्का पर्न नआएको उक्त विज्ञप्तिमा जनाइएको छ ।
यसअघि जिल्ल प्रशासन कार्यालयमा दर्ता भएको गैरसरकारीसंस्था पशु हाटबजार व्यवस्थापन समिति टीकापुरले पशु हाट बजार व्यवस्थापन र पूर्वाधार संरक्षणका लागि माग गरेकाले अर्को व्यवस्था नभएसम्मका लागि २०७९ कात्तिक १४ सम्म पशुहाट बजार स्थालको सव्यवस्थापन र पूर्वाधार संरक्षणको लागि दिइएको जानकारी गराइएको छ ।
नगरपालिकाको राजस्वसँग जोडिएको विषयमा अजनावश्यक टिकाटिप्पणी नगरीदिनका लागि विज्ञप्तिमार्फत सबैमा आग्रह गरिएको छ ।

