Loading

काठमाडौं । पार्टीका उम्मेद्वारहरु प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पराजित भएपति त्यसको नैतिक जिम्मेवारी लिँदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले पदबाट राजीनामा दिएका छन् ।
यसरी नैतिकताका आधारमा राजिनामा दिनेमा माओवादी केन्द्र ललितिपुरका जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामी रहेका छन् । माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट र सोही षेत्रको प्रदेश सभा १ बाट माओवादी केन्द्रकै उम्मेद्वार राजकाजी महर्जन पराजित भएका हुन् । यस्तै ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट पनि माओवादी केन्द्रका उम्मेदवार हरि दाहाल पराजित भएका थिए ।
संयोजक र सचिव दुवैले हारको नैतिक जिम्मेवारी लिंदै पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएका छन् । । संयोजक कट्टेल स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयर उम्मेदवार भई एमाले उम्मेद्वार हरिगोविन्द श्रेष्ठसँग पराजित भएका थिए ।