![]()
लम्की/ लियो क्लव अफ लम्की २०२२ द्वारा स्थानीय विद्यालयका २१ जना विद्यार्थीहरुलाई छात्रवृति तथा अन्य सामाग्री प्रदान गरिएको छ ।
क्वबका अध्यक्ष कल्पना तिमिल्सैनाका अनुसार क्वबको को आयोजनामा गरिएको सो कार्यक्रममा आर्थिक समस्याले पढ्न नसक्ने गरिब , अपाङ्ग, असहाय २१ जना विद्यार्थीलाई छात्रवृत्ति र विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ड्रेस ,झोला ,कपि , सिसाकलम र नगद छात्रवृत्ति वितरण गरिएको हो।

छात्रवृत्ति पाउनेमा राष्ट्रिय नमुना मा वि मोतिपुरका रेखा नेपाली ,तारा नेपाली, प्रशंसा डिसी, शहीद स्मृति मा वि पूर्व लम्कीका वीरमा पुरी, अस्मिता खत्री, जनसेवा मावि गणेशपुरमा अध्ययनरत सुबोध खड्का, सरस्वती प्याकुरेल, निशा शाही, जन सृजना प्रावि भल्काका आर्यन चौधरी, कविता खड्का, जनप्रभात मा वि तिलकपुरका सन्तोष चौधरी ,लोकेन्द्र चौधरी ,रोहित चौधरी र नेहा चौधरी रहेका छन्। यस्तै कालिका मावि भुरुवाका दिपिका टमट्टा, गायत्री माझी, जनचेतना प्रा वि मोतिपुरका विशाल सोडारी ,गणेश खत्री, निर्मला सोडारी र बालकल्याण मावि भुरुवामा अध्ययनरत सुजन सार्की रहेका छन्।
उक्त कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगर उपप्रमुख जुना चौधरी, विशिष्ट अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नेत्रप्रसाद खनाल रहेका थिए । यसैगरी एमजीएफ एरिया पाँच चिप्स लायन्स छविलाल जोशी, लियो क्लब एफ कैलाली लम्कीका अध्यक्ष चुडामणि भण्डारी, लियो क्लब एफ क्रिएटिभ कैलाली अध्यक्ष लायन्स तारा देवी पोखरेल, लियो क्लब एफ लम्की एकेडेमीका अध्यक्ष लियो जनक विष्ट, लियो घनश्याम डाँगी अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
लियो क्लब अफ कैलाली लम्की( २०२२ का अध्यक्ष लियो कल्पना तिमिल्सेनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य लियो क्लब अफ कैलाली लम्की का प्रथम उपाध्यक्ष लियो तुला राम ओझा र सञ्चालन लायन्स क्लव कैलाली लम्कीका सचिव रजबहादुर थापाले गरेका थिए । सामाजिक क्षेत्रमा क्रियाशील रहेको लियो क्लव लम्कीले १४ गते मंसिरमा रक्तदानको आया्जन समेत गरेको थियो ।
