Loading

टीकापुर/ परिवारवाद हावि भएको भन्दै नेकपा माओवादी केन्द्रको जनताबाटै आलोचना भइरहेको समयमा नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका छन्।

यसरी दम्पति नै चुनाव जित्नेमा एमाले सचिव रघुवीर महासेठ र एमाले केन्द्रीय सदस्य रहेकी महासेठ पत्नी जुली महतोको महतो हुन् । मधेश प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लाबाट उनीहरु दुवै चुनाव जितेका हुन् । यसअघि दम्पतिमध्ये एक प्रत्यक्ष र एक समानुपातिक गरी साँसद चुनिने भएपनि यसपटकको निर्वाचनमा दम्पती एकै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद चुनिएको यो पहिलो हो।

जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्। जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए। समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्।

उनका श्रीमान् रघुवीर महासेठले मंगलबार धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन्। रघुवीरले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्। रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत पाएका छन्।

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए। रघुवीर र जुली दुबै जना यसअघि मन्त्री भइसकेका छन्। जुलीका दाजु वीरेन्द्र महतो पनि यसपालिको चुनावमा विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनले सिराहा(४ बाट जित हात पारेका छन्।
यसपालिको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि प्रत्यक्षमा चुनाव लडेका थिए। वर्षमानले रोल्पाबाट चुनाव जित्दा ओनसरी काठमाडौं २ मा पराजित भएकी छन्। यस्तै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल गोरखाबाट चुनाव जित्दा उनकी बुहारी बिना मगर कञ्चनपुरबाट एमाले उम्मेद्वार तारा लामा तामांग सँग पराजित भइन् ।

तर, स्थानीय निर्वाचन अघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी कैलाली क्षेत्र नम्बर १ बाट नेपाली काँग्रैसका उम्मेद्वार पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएकी छन् । उनका ससुरा बुबा लालवीर चौधरी पनि नेकपा माओवादीका उम्मेद्वारलाई पराजित गर्दै बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

सोही नागरिक उन्मुक्ति पार्टीकै महासचिव रहेका रतनबहादुर थापा कैलाली २ प्रदेशसभा खबाट नेपाली काँग्रैसका कमलबहादुर शाहसँग प्रदेशसाभा सदस्यमा पराजित भएका छन्भने उनकी श्रीमती टिका थापा सोही पार्टीको प्रदेशसभातmर्प समानुपानतिक सूचीमा महिलामा पहिलो स्थानमा रहेकी छन् ।

यसरी पछिल्लो समयमा पार्टीमा परिवारवाद हावि भएको कारण जनताले पत्याउन छाडेको, कार्यकर्ताहरुले जनतामाझ जान छाडेको भन्दै आलोचना भइरहेकाले उद्योग व्यवसाय जस्तै परवारकै सदस्यहरु साँसद मन्त्री र लाभका पद लिनुले लोकतन्त्र कमजोर बन्दै गएको र विकास र समृद्धिमा घाटा भएको बुद्धिजिवीहरुको भनाई रहेको छ ।